मंगलबार ०१ आषाढ २०७८

भिडियो समाचारको अन्त्यमा छ)वैदेशिक रोजगारीले देशमा ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको छ । धेरै युवायुवतीले अर्काकै देशमा भए पनि रोजगारी पाएका छन् । घरपरिवारको आर्थिक अवस्था सुध्रिएको छ । झट्ट हेर्दा वैदेशिक रोजगारीले परिवारदेखि देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको छ । तर, वैदेशिक रोजगारीले नकारात्मक पक्षहरु पनि समेटेको छ भन्दा अतियुक्त नहोला ।

वैदेशिक रोजगारीले परिवारमा विभिन्न समस्या निम्त्याएको छ । घरको मूली विदेशमा काम गर्न जाँदा त्यसको असर बुवाआमा, श्रीमती र सन्तान लगायत परिवारका अन्य सदस्यमा परेको छ । श्रीमतीलाई एक्लोपन महसुस हुने र बढी दबाबमा काम गर्नुपर्ने हुन्छ । यसको नकारात्मक प्रभाव श्रीमान् श्रीमतीबीचको सम्बन्धमा पनि परेको हुन्छ ।

अधिकांश परिवारमा पुरुष विदेश गएका हुन्छन् भने कतिपय अवस्थामा महिला अथवा कसैको आमा विदेश गएका हुन्छन् । यस्तै बुवाआमा दुवै जना वैदेशिक रोजगारीमा जाने र घरमा छोराछोरीलाई एक्लै छाड्ने अथवा आफन्तको जिम्मा लगाउने गरेको पनि पाइन्छ ।

श्रीमान् वैदेशिक रोजगारीका क्रममा श्रम गर्दा श्रीमतीले अर्कै बाटो रोजेको घटना आजकल धेरै घटिरहेका छ, जुन हामीलाई पहिला सुन्दा नौला लाग्थे । तर, तेह्रथुममा भने अलि फरक घटना घटेको छ । २८ वर्षिया भाउजुको ह*त्या गरेको आरोपमा देवरहरु पक्राउ परेका छन् । तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको ह*त्या आरोपमा देवरहरु पक्राउ परेका हुन् ।

वैदेशिक रोजगारीको शिलशिलामा विन्दाका श्रीमान् दुबईमा रहेका छन् । यता घरमा आफ्नै दुई जना भाइहरूद्धारा भाउजूको हत्या गरेको खुलेको छ । देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले ह*त्या गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिएका हुन् ।

दाजुले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएका छन् । झापाबाट बुधबार राती गाडी रिजर्भ गरी आठराई ईवा स्थित भाउजु विन्दाको घरमा आएर ह*त्या गरेर बिहिबार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फर्किएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ । के तपाईलाई थाहा छ, केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स हुन्छन् ? यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ।

केराको बोक्रामा रहेको एन्जाइम्सले धेरै वस्तुको सफाईका लागि प्रयोग गर्न सकिन्छ। जान्नुहोस्, केराको बोक्राको ९ फरक प्रयोग बारेः

१) डार्क सर्कल हटाउनः आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ।

२) पहेलोपन हटाउनः केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस्, दाँतको पहेलोपना हटेर जान्छ । दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ।

३) जुत्ता चम्काउँनः केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ।

४) डन्डिफोर हटाउनः केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ।

५) विरुवा बढ्छः केराको बोक्रालाई मलको रुपमा विरुवामा हालेमा चाँडै विरुवा बढ्छ।

६) स्क्र्याच हट्छः सिडि वा डिभिडि स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस्।

७) सजिलै सफा गर्नः चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ।

८) छिटो पाक्छ मासुः मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस्। मासुलाई चाँडै पकाउँन मद्दत गर्छ।

९) कुर्कुचा फुटेकोः केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस् । यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ।

२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया