शनिबार ०५ आषाढ २०७८

काठमाडौं- आज शुक्रबार हिन्दूधर्मावलम्बीले सन्तोषी माता र वैभव लक्ष्मीको उपासना गर्दछन् । शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरे घरमा धनका साथै समृद्धि हुने धार्मिक विश्वास गरिन्छ ।

माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ ।
व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

शुक्र ग्रहको पूजाः

शुक्रबारको दिन शुक्र ग्रहको पूजा गरे प्रेम र धन प्राप्त हुन्छ । ग्रहहरुमा सबैभन्दा चम्किलो ग्रह शुक्र हो ।

शुक्र ग्रहलाई प्रेमको प्रतीक मानिन्छ । जसको जन्म कुन्डलीमा शुक्र आफ्नो दशाको कारण अशुभ फल दिइरहेको छ । र यसको प्रभावले विभिन्न रोगको सामना गर्नु परिरहेको छ भने शुक्रलाई खुशी बनाए बिग्रिएको ग्रह सुद्दिकरण गर्नुपर्छ ।

शुक्रले मुख्यरुपमा हाम्रो जीवनको सुखसँग सम्बन्ध राख्दछ । वैभव, ऐश्वर्य, सम्पदा र प्रसिद्धि शुक्र ग्रहको पूजा गर्नाले प्राप्त हुने विश्वास गरिन्छ ।

शुक्रलाई प्रसन्न पार्ने उपायः

शुक्र ग्रहको पीडा भोग्नुभएको छ भने यसको शान्ति सुद्दिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ ।

शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवतीलाई दिनु उत्तम हुन्छ ।

शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

चिसो बढ्दै गएको छ । जाडोयाममा अधिकांशको एउटै समस्या हुन्छ टन्सिलले सताउनु । हामीलाई थाहै छ, यो घाँटीको समस्या हो । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं ।

यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ । त्यो भन्दा अर्को कठिनाइ हो, टन्सिलाइटिस ग्रन्थीमार्फत हानिकारक ब्याक्टेरिया शरीरभित्र पुग्छ ।

वास्तवमा यो त्यस्तो ग्रन्थी हो, जसले सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा गर्छ । मुखबाट शरीरमा जाने ब्याक्टेरिया रोक्ने काम यसले गर्छ ।

तर, जब यो ग्रन्थी नै संक्रमित हुन्छ भने, त्यसले शरीरमा कति जटिल समस्या निम्त्याउँछ । अक्सर, हामीलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल भएपछि ज्वरो आउँछ, काम गर्न जाँगर चल्दैन । सामान्य दिनचर्या नै प्रभावित हुन्छ । अतः हामी यसको बिरुद्ध एन्टिबायोटिक चलाइदिन्छौं ।

असहज अवस्थामा एन्टिबायोटिक लिनु ठिकै होला । तर, संभव भएसम्म यस्तो औषधी सेवन गर्नु हुँदैन । किनभने, यसले एउटा रोगलाई निको बनाउँछ, तर अर्को अंगलाई भने अतिरिक्त भार दिइरहेको हुन्छ । त्यसैले सकेसम्म प्राकृतिक विधीबाटै यसको उपचार खोज्नुपर्छ ।

यसरी घरमै गर्न सकिन्छ टन्सिलको उपचार

-मनतातो तरल पदार्थ पिउने -सुपहरु बनाएर पिउने -हरेक ३ घन्टामा तातोपानीमा नुन हालेर कुल्ला गर्ने । बेसार पानीमा थोरै जिरा राखेर मनताते बनाएर पीउने -हर्बल चिया पिउने -कफि, जाँडरक्सीको प्रयोगबाट टाढा रहने -मनतातो पानीमा दालचिनी मिलाएर पानी पिउने ।

-अदुवा र मह हालेर चिया पिउने ।

-चिसोमा हिँडडुल नगर्ने । -निको नभएमा एन्टिबायोटिक औषधि प्रयोग गर्ने -एक महिनामा ३ पटकसम्म टन्सिल हुन थालेमा शल्यक्रिया गर्न चिकित्सकसँग सुझाउँछन् । तर यो समस्या दोहोरीरहेको खण्डमा अनुभवी चिकित्सकसँग सल्लाह गरी राम्रोसाग जँचाएर मात्रै औषधी सेवन गर्ने ।

२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया