शुक्रबार ०४ आषाढ २०७८

रुपन्देहीमा बोलेरो पिकअप जिपले दुई वटा मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रोहीणी गाउँपालिका-३ रामनगर स्थित भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासी तर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशातर्फ आउँदै गरेका लु ३७ प ६७९८ र लु २१प ७८११ नम्बरका मोटरसाइकलाई बुधबार ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा लु ३७ प ६७९८ नम्बरको मोटरसाइकलमा सवार जिल्लाको स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र २१ प ७८११ नम्बरकोे मोटरसाईकलका चालक रूपन्देहीको देवदह नगरपालिका-११ कदमीपुरका २३ वर्षीय असिम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

अधिकारीको भैरहवा मेडिकल कलेजमा र चौधरीको भिम अस्पताल भैरहवामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी पश्चिम नवलपरासी सुनवल नगरपालिका–१२ का २८ वर्षीय बिमल गैरे र देवदह नगरपालिका-११ कदमीपुर की २३ वर्षीय असिम चौधरी घाइते भएका छन् । सैनामैना खबर बाट साभाररुपन्देहीमा बोलेरो पिकअप जिपले दुई वटा मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रोहीणी गाउँपालिका-३ रामनगर स्थित भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासी तर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशातर्फ आउँदै गरेका लु ३७ प ६७९८ र लु २१प ७८११ नम्बरका मोटरसाइकलाई बुधबार ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा लु ३७ प ६७९८ नम्बरको मोटरसाइकलमा सवार जिल्लाको स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र २१ प ७८११ नम्बरकोे मोटरसाईकलका चालक रूपन्देहीको देवदह नगरपालिका-११ कदमीपुरका २३ वर्षीय असिम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

अधिकारीको भैरहवा मेडिकल कलेजमा र चौधरीको भिम अस्पताल भैरहवामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी पश्चिम नवलपरासी सुनवल नगरपालिका–१२ का २८ वर्षीय बिमल गैरे र देवदह नगरपालिका-११ कदमीपुर की २३ वर्षीय असिम चौधरी घाइते भएका छन् । सैनामैना खबर बाट साभार

यो पनि पढ्नुहोस्

चिसो बढ्दै गएको छ । जाडोयाममा अधिकांशको एउटै समस्या हुन्छ टन्सिलले सताउनु । हामीलाई थाहै छ, यो घाँटीको समस्या हो । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं ।

यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ । त्यो भन्दा अर्को कठिनाइ हो, टन्सिलाइटिस ग्रन्थीमार्फत हानिकारक ब्याक्टेरिया शरीरभित्र पुग्छ ।

वास्तवमा यो त्यस्तो ग्रन्थी हो, जसले सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा गर्छ । मुखबाट शरीरमा जाने ब्याक्टेरिया रोक्ने काम यसले गर्छ ।

तर, जब यो ग्रन्थी नै संक्रमित हुन्छ भने, त्यसले शरीरमा कति जटिल समस्या निम्त्याउँछ । अक्सर, हामीलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल भएपछि ज्वरो आउँछ, काम गर्न जाँगर चल्दैन । सामान्य दिनचर्या नै प्रभावित हुन्छ । अतः हामी यसको बिरुद्ध एन्टिबायोटिक चलाइदिन्छौं ।

असहज अवस्थामा एन्टिबायोटिक लिनु ठिकै होला । तर, संभव भएसम्म यस्तो औषधी सेवन गर्नु हुँदैन । किनभने, यसले एउटा रोगलाई निको बनाउँछ, तर अर्को अंगलाई भने अतिरिक्त भार दिइरहेको हुन्छ । त्यसैले सकेसम्म प्राकृतिक विधीबाटै यसको उपचार खोज्नुपर्छ ।

यसरी घरमै गर्न सकिन्छ टन्सिलको उपचार

-मनतातो तरल पदार्थ पिउने -सुपहरु बनाएर पिउने -हरेक ३ घन्टामा तातोपानीमा नुन हालेर कुल्ला गर्ने । बेसार पानीमा थोरै जिरा राखेर मनताते बनाएर पीउने -हर्बल चिया पिउने -कफि, जाँडरक्सीको प्रयोगबाट टाढा रहने -मनतातो पानीमा दालचिनी मिलाएर पानी पिउने ।

-अदुवा र मह हालेर चिया पिउने ।

-चिसोमा हिँडडुल नगर्ने । -निको नभएमा एन्टिबायोटिक औषधि प्रयोग गर्ने -एक महिनामा ३ पटकसम्म टन्सिल हुन थालेमा शल्यक्रिया गर्न चिकित्सकसँग सुझाउँछन् । तर यो समस्या दोहोरीरहेको खण्डमा अनुभवी चिकित्सकसँग सल्लाह गरी राम्रोसाग जँचाएर मात्रै औषधी सेवन गर्ने ।

२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया