शनिबार ०५ आषाढ २०७८

आज वि.सं.२०७७ साल पुष २३ गते, बिहीबार। सन् २०२१ जनवरी ७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । नवमी तिथि । चन्द्रमा तुला राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ र सूर्यास्त बेलुकी ५ः२२ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शिक्षामा सफलता मिल्नेछ । सन्तानले खुसी दिनेछन्। योग आध्यात्मिक रुचि बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारको चिन्ता बढ्नेछ । चिसोले स्वास्थ्यमा भय हुनेछ । घरायसी वैमनस्यता हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ । भाइ बन्धुको साथ सहयोग मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा चिन्ता बढ्नेछ । धन सम्पत्तिमा मोह बढ्नेछ । इष्टमित्रको सहयोग पाइनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ । घरायसी काममा प्रगति हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) यात्रामा समस्या आउनेछ । पैसाको अभाव खड्किनेछ । कार्यभार बीचैमा रोकिनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अन्न कृषिमा आम्दामी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दामी मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यात्रामा सफलता मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्ति हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा प्रतिकुलता आउनेछ । रोजगारी पदमा अपजस हुनेछ । विना गल्तीको सजाय मिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । धार्मिक काममा खर्च हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ । विरोधीहरु चुप लाग्नेछन् ।

यो पनि पढ्नुहोस्

कोरोनाभन्दा खतरनाक भाइरस ! संसारमा अर्को महामारी फैलन सक्ने
काठमाडौं । चीनबाट सुरु भएको कोरोनाभाइरसले यतिबेला विश्व आक्रान्त भइरहेको छ । महामारीको रुप लिएर जनजीवनलाई उथलपुथल बनाएको कोरोनाको खोप विकास भएसँगै संसारमा आशा पलाएको छ । तर कोरोनाको डर नसकिँदै पुनः अर्को घातक भाइरस फेला परेको छ ।

‘डीजीज एक्स’ नाम दिइएको उक्त भाइरस डेमोक्रेटिक रिपब्लीक अफ कंगोमा भेटिएको हो । उक्त भाइरस इबोला भाइरस पत्ता लगाउने वैज्ञानिक डा।जीन जैक्स मुएंब तामफमले पत्ता लगाएका हुन् । उनका अनुसार यो भाइरस कोरोनाभन्दा घातक हुने र तीव्र गतिमा फैलिनेछ । यसबाट मर्नेको संख्या कोरोनाभन्दा बढी हुनसक्ने बताइएको छ ।

‘आज हामी यस्तो अवस्थामा पुगेका छौँ कि यहाँ नयाँ भाइरस उत्पत्ति भएको छ । यो भाइरस मानिसका लागि निकै खतरनाक बन्न सक्छ । यो भाइरस कोरोनाभन्दा खतरनाक हुनुका साथै यसले विश्वमा महामारी अझ धेरै फैलाउने छ’, डा. तामफम ले भनेका छन् ।

वैज्ञानिकहरूका अनुसार रोग एक्स महामारी वर्तमान चरणको परिकल्पना हो । तर यदि यो फैलियो भने यसले विश्वमा ठूलो विनाश निम्त्याउँछ। यसलाई विश्वभर फैलिनबाट बचाउनमा धेरै नै कठिनाइ हुनेछ ।

३०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया