मंगलबार ०१ आषाढ २०७८

काठमाडौं। बेलायत एक महिलाले आफूभन्दा ४६ वर्ष कान्छो युवकसँग बिहे गरेको विषयले चर्चा पाएको छ। बेलायतकी ८१ वर्षीया आइरिस जोन्स नामकी महिलाले इजिप्टका ३५ वर्षीय मोहम्मद अहमदसँग बिहे गरेको एक् टिभि कार्यक्रममा खुलासा गरेकी छन्।

उनी हाल बेलायतमा बस्दै आएकी छन्। र उनका श्रीमान इजिप्टमा छन्। ती महिलाले आफू श्रीमानसाग बस्न नपाएको भन्दै दुःख व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्। समाचार अनुसार बेलायतले अहमदलाई बेलायतका लागि भिजा नदिएपछि यी दुई बुढाबुढीसँगै बस्न पाएका छैनन्।

ती महिलाले आफ्नो सबैभन्दा प्रिय मानिससँग बस्न नपाएको भन्दै दुःख व्यक्त गरेकी छन्। उनले आफ्नो उमेर उधिक भइसकेको भन्दै श्रीमानसँग भेट नभएरै मरिने हो की भन्ने चिन्ता प्रकट गरेको समाचारमा जनाइएको छ। उनले आफ्ना लागि हरेक दिन निकै महत्वपूर्ण भएको बताएकी छन्। उनले बेलाती प्रधानमन्त्री बारिस जोन्सनसँग आफ्ना श्रीमानलाई भिजा दिलाउन सहयोग गर्नसमेत अपील गरेकी छन्।

उनी आफू भने इजिप्ट जान चाहँदिनन्। किनकी त्यहाँको मौसमले आफ्नो स्वास्थ्यमा समस्या पार्ने उनले बताएकी छन्। मौसमले उनी इजिप्ट जान नसक्ने र बेलायतले उनका श्रीमानलाई भिजा नदिने भएपछि समस्या भएको बताइएको छ।

आइरिस जोन्स र मोहम्मद अहमदबीच गत वर्ष एक फेसबुक ग्रुपमार्फत परिचय भएको थियो। त्यसपछि जोन्स गत वर्ष इजिप्ट पुगेकी थिइन्। लामो समयसँगै बसेपछि यो जोडीले गएको नोभेम्बरमा बिहे गरेको थियो।

READ MORE,

मिति २०७७ साल पुस २३ गते बिहिबार । भोलिको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – सहकर्मी बाट विरोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।मनमा द्विविधा बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । मन अस्थिर रहनेछ ।

वृष राशी – अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ।निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

मिथुन राशी – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला।

कर्कट राशी – धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला।

सिंह राशी – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। भूमि बाट लाभ रहला। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला।

कन्या राशी – स्वास्थ्यमा खर्च बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

तुला राशी – महत्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योगछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ।

वृश्चिक राशी – मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। अलंकारको प्राप्ति हुनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। पदासीन व्यक्तिको सहयोग जुट्नेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

धनु राशी – आर्थिक कारोवारमा सफलता पाइएला। महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला। धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।

मकर राशी – स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम विग्रिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ।

कुम्भ राशी – भाग्यले विभिन्न अवसर जुराउनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।

मीन राशी – सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। शुभारम्भको चर्चा चल्नेछ। आएको काम पुरा भई धनार्जन हुनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

३९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया