शुक्रबार ०४ आषाढ २०७८

पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ।

चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो । यो भनेको जेनेरेटर आयात अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्रतिशतले बढी हो।

यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, इन्भर्टरको आयात भने घटेको देखिन्छ। अघिल्लो वर्ष इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थानमा पुगेकोमा यस वर्ष २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

रीस उठ्दैमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन् : सुवास नेम्वाङ
संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं । अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् । हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं ।’

केपी ओलीले गरेको संसद विघटनबारे नेम्वाङले अहिलेसम्म सार्वजनिकरुपमा केही बोल्न सकेका छैनन् । ओलीको कदमको बचाउमा सो समूहका नेताहरुले सार्वजनिक मञ्चबाछट विभिन्न प्रतिक्रियाचहरु दिइरहेका छन् । तर, नेम्वाङले भने ओली समूहमै लागेर पनि संसद विघटनको कदमको बचाऊ गरेका छैनन् ।

सार्वजनिक रुपमा बोलन आँट नगरे पनि कतिपय अनौपचारिक भेटघाटहरुमा नेम्वाङले संसद विघटन गर्ने ओलीको कमदप्रति आफू असमत रहेको बताएका छन् । आफ संसद विघटनको पक्षमा नरहेको नेम्वाङले भित्री कोठाहरुमा बताउने गरेका छन् ।

नेम्वाङको यही मौनताकै वीचमा बुधबार एउटा भिडियो भाइरल भएको छ, जसमा नेम्वाङले अहिलेको संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नरहेको बताएका छन् । प्रधानमन्त्रीले रीस उठ्यो भन्दैमा संसद विघटन गर्न नपाउने र मध्यावधि चुनावको व्यवस्था नै संविधानले नगरेको नेम्वाङले सो भिडियोमा बताएका छन् ।

३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया