बुधबार १३ आश्विन २०७८

एजेन्सी । एउटा पुरुषको श्रीमती एउटा नै हुन्छ । कसैकसैले २ देखी तीसम्म बिहे गरेको हामीले देखेका र सुनेका छौं । तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? अवश्य सक्दैन । मानिलिउँ १३ जना श्रीमती भएपनि के ती १३ जना श्रीमती एकैसाथ गर्भवती हुन सक्छन् त ? पक्कै सक्दैनन् । तर यो असम्भव सम्भव भएको छ । सुन्दा देख्दा र पढ्दा आश्र्चय लाग्ने यो कुरा साँचो हो ।

पत्याउनै गाह्रो हुने यो घटना नाइजेरीयाको हो । जहाँ एक श्रीमानले आफ्नी १३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएका छन् । १३ वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घटनाले आफु निकै उत्साहित भएको जनाएका छन् । उनकी १३ श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन्तरमा छ ।

अझ अचम्मको कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरुबीचमा निकै आत्मियता छ । १३ श्रीमतीका श्रीमान्ले आफ्ना सबै श्रीमतीलाई एकआपसमा बराबर माया दिएर राखेका छन् ।

यतिसम्म कि विवाहपछि आजसम्म उनीहरु बिचमा कहिल्यै मनमुटाव र झगडा भएको छैन । बडो गज्जब छ, जहाँ दुई जनासंगको प्रेम मिलाउन मानिसलाई ग्राहो हुन्छ । यहाँ यी मानिसले १३ श्रीमतीलाई मिलाएर राख्ने मात्र होइन एकैसाथ गर्भवती समेत बनाएका छन् ।

अदालतलाई बाबुरामको चेतावनीः ‘गैरसंवैधानिक कदम सच्याउने बाटो अदालतसँग छ, अरू बाटो रोज्न नपरोस्’

यो पनि पढ्नुहोस्
काठमाडौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदम सर्वोच्च अदालतबाट सच्चिने अपेक्षा गरेका छन् । पुस ५ भएको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेका बेला जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा। भट्टराईले सबैको आँखा सर्वोच्च अदालततर्फ सोझिएको गैरसंवैधानिक कदम सच्चिने अपेक्षा गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत अदालतलाई संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा साथ नदिन चेतावनी दिएका हुन् ।
डा। भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ । ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ १ अरू बाटो रोज्न नपरोस् ।’

५५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया