मंगलबार ०१ आषाढ २०७८

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।

धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि फरक छ ।‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

यो पनि पढ्नुहोस्

काठमाडौँ । यदी कुनै व्यक्तिले धन सम्बन्धी काम, नोकरी वा वैवाहिक जीवनमा समस्याको सामना गरिरहनु परेको छ भने उनीहरुले ज्योतिषका केही उपाय अप्नाउनु पर्दछ। ज्योतिषको उपाय अनुसार कुण्डलीको दोष हटाउन तथा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।

ज्योतिषाचार्य सुनील नागरका अनुसार राशि अनुसार केही उपाय अप्नाउँदा शुभ फल प्राप्त हुने गर्दछ। आज हामी तपाईलाई धन प्राप्त गर्नका लागि कुन राशिका व्यक्तिले कुन उपाय अप्नाउने भन्ने बारेमा जानकारी दिदैछौँ।

मेष राशिः यस राशिका व्यक्ति घरबाट निस्किनुभन्दा पहिले चन्दन वा टिका लगाएर निस्किनु शुभ मानिने गरिन्छ।

वृष राशिः यस राशिका व्यक्ति घरबाट बाहिर निस्किदा दही खाएर निस्किनु पर्दछ।

मिथुन राशिः मिथुन राशिका व्यक्तिले धन सम्बन्धी काम गर्नुअघि धनिया वा सौफ खाएर घरबाट निस्किनु शुभ मानिने गरिन्छ।

कर्कट राशिः कर्कट राशिका व्यक्ति घरबाट निस्किदा पानीमा थोरै गंगाजल मिसाएर पिउँदा शुभ मानिने गरिन्छ।

सिंह राशिः सिंह राशिका व्यक्तिले तामाको सिक्का आफ्नो साथमा राख्दा शुभ फल प्राप्त हुने गर्दछ। साथै यी राशिका व्यक्तिले हरेक दिन बिहान सूर्यलाई जल चढाउनु पर्दछ।

कन्या राशिः कन्या राशिका व्यक्ति हरियो कपडामा थोरै साबुन र धनियाँ बाँधेर आफ्नो साथ राख्नु शुभ मानिने गरिन्छ।

तुला राशिः तुला राशिका व्यक्तिले चाँदीको सिक्का आफ्नो साथ राख्नु शुभ मानिने गरिन्छ। यसो गर्दा कुण्डलीमा कुनै दोष छ भने पनि हट्ने गर्दछ।

वृश्चिक राशिः वृश्चिक राशिका व्यक्तिले घरको लकरमा रातो रंगको कपडामा पैसा बाँधेर राख्दा सुख, समृद्धि बढ्ने गर्दछ।

धनु राशिः धनु राशिका व्यक्तिले आफ्नो साथमा लक्ष्मी कौडीलाई पहेलो कपडामा बाँधेर राख्नु शुभ मानिने गरिन्छ।

मकर राशिः धन सम्बन्धी कुनै ठूलो काम गर्दै हुनुहुन्छ भने सुरुवातमा थोरै कालो तिलको सेवन गर्नु शुभ मानिने गरिन्छ।

कम्भ राशिः कुम्भ राशिका व्यक्तिले हरेक दिन कालो कुकुरलाई रोटी खुवाउनु शुभ मानिने गर्दछ।

मिन राशिः मिन राशिका व्यक्तिले हरेक दिन घरबाट निस्किनु अघि केसरको टिका लगाउनु शुभ मानिने गरिन्छ।

२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया