बुधबार १३ आश्विन २०७८

काठमाण्डौ । नेपाली सिने जगतका महानायक राजेश हमाल र सदाबहार नायिका करिश्मा मानन्धरलाई फेरी एक पटक एकै साथ रमाईलो गर्दै गरेको अवस्था देखिएको छ । यो देखेर सबै नेपाली दर्शकहरु निकै नै खुशी भएका छन् । दर्शकहरुले राजेश र करिश्माको जोडीलाई आजबाट मात्रै नभई यो जोडी पर्दामा देखिएसंगै मन पराउन थालेका हुन् । यो जोडी नेपाली सिने जगतमा सदाबहार जाडीको रुपमा सबै दर्शकको मन मन्दिरमा बस्न सफल भएको जोडी हो ।

यसपटक वर्षौंपछि राजेश हमाल र करिश्मालाई एकै साथ रमाईलो गर्दै ठट्यौली पारामा प्रस्तुत भएको देखिएको छ । मुन्द्रेको कमेडी क्लबमा दिपा श्री निकालिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको कुर्सिमा बस्दै आएकी छिन् । सोही कार्यक्रममा अथितिको रुपमा महानायक राजेश हमाल पुगेका थिए । उनले कार्यक्रमको शोभा नै बढाएका थिए । सोही कार्यक्रममा राजेश हमाल र करिश्मा मानन्धरले काजी र बसन्तीको भूमिकामा ठट्यौली पारामा रमाईलो गर्दै अभिनय गरेका थिए ।

यी दुई सदाबहार जोडीले गरेको उक्त अभिनयलाई दर्शले निकै नै मन पराएका पनि थिए । अभिनयकालागी मुन्द्रेले डाइलग क्रिएट गरेका थिए । जस्मा काजीले बसन्तीलाई मुन्द्रेको जिम्ममा लगाएर आफु जानु पर्ने सिन थियो भने बसन्तीले पनि काजीलाइृ मुन्द्रको जिम्मा लगाएर नजान आग्रह गर्नु पर्ने सिन थियो । तर काजी कुनै पनि हालतमा जानै पर्ने भएको हुनाले मुन्द्रेलाई बसन्तीको राम्रोसंग रेखदेख गर्न आग्रह गरिएको थियो । मुन्द्रेको रेखदेखमा बस्नु पर्दा बसन्तीलाई काजीको धेरै नै याद आउने र चाँडै फर्कने बाचाका साथ काजीलाई बिदाई गर्नु पर्ने सिन थियो ।

सोही सिन र डाईलगमा करिश्मा र राजेशले निकै ठट्यौली पारामा हाँस्दै र हँसाउँदै अभिनय गरेका थिए । मुन्द्रेले पनि बसन्तीको राम्रोसंग रेखदेख गर्ने बचन काजीलाई दिएका थिए । यो सिन हेरेर मुन्द्रेको कमेडी क्लबमा हाँसोको फोहोरा नै छुटेको थियो । करिश्मा र राजेशको यो ठट्यौली पारामा गरिएको रमाईलोलाई सोशल मिडियामा धेरै दर्शकहरुले वर्षौंपछि यो जोडीलाई देख्न पाएकोमा खुशी पनि व्यक्त गरेका छन् । मुन्द्रेको कमेडी क्लबमा गरिएको करिश्मा र राजेशको उक्त मजाकको केही अंशहरु हेर्नलाई तलको भिडियो लिंकमा क्लिक गर्नुहोला । भिडियोसहित

यो पनि पढ्नुहोस्

काठमाडौँ । मेथी भान्सामा नियमित प्रयोग हुने मसला हो । मेथीलाई बहुगुणी खाद्यपदार्थका रूपमा लिने गरिन्छ। यसलाई खाँदा स्वास्थ्यमा र प्रयोग गर्दा मुहार एवं कपालको सुन्दरता एवं चमक दिन्छ । मेथीका धेरै फाइदा छन्।

यसलाई कपाल सुन्दर र चम्किलो बनाउनको लागि पनि प्रयोग गर्न सकिन्छ । मेथीले चाया हटाउन पनि मद्दत गर्छ ।

कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ।

यसको पेस्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ, साथै मुलायम र चम्किलो पनि देखिन्छ

मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ।

चायाबाट मुक्ति
यदि तपाईंलाई चायाको समस्या छ भने मेथीतपाईं का लागि अचुक औषधि बन्छ। सामान्यतया सुक्खापनले चाया पर्ने गर्छ। टाउकाको छाला सुक्खा भयो भने कपाल पनि रुखो हुन्छ। जसले गर्दा सुन्दरता हराएर जान्छ।

त्यस्तो अवस्थामा मेथी सरल घरेलु उपाय हो। मेथीमा दही मिसाएर पेस्ट बनाउनुस् र यसलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुस्।

अलिअलि मसाज गर्दा पनि राम्रो मानिन्छ । यसरी लगाएको करिब ३० मिनेटपछि सफासँग पखाल्नुहोस् । तपाईंको कपालमा भएको चाया सफा हुन्छ।

साथै छाला र कपाललाई पनि सुन्दर बनाउँछ। कम्तीमा महिनामा तीनपटक यो पद्दति अपनाउनुभयो भने चायाबाट हुने समस्याबाट मुक्ति पाउनुहुन्छ।

 

३८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया