बुधबार १३ आश्विन २०७८

दाङ्ग । विगत तीन महिना अघिदेखि हराई रहेका जोडीको भेट भएको छ । श्रीमान भारतमा काम गर्न गएको बेला श्रीमती कमला भने घर छाडेर गएकी थिईन् । उनी आफ्नो सन्तानलाई बिचल्ली बनाएर किन घर छाडेर गएकी थिइन् भन्ने कुरा उनले खुलेर भनेकी छैनन् । उनले घर छाड्नेबेला उनका श्रीमान जीवराज घरमा थिएनन् । श्रीमान घरमा नभएको बेला आफ्ना दुई सन्तानलाई चट्क्कै छाडेर घर छाडेर गएकी थिईन् कमला ।

घर छाड्नुको कारण सोध्दा काम गर्न काठमाण्डौ गएको बताउँछिन् उनी । काम गर्न गएपनि श्रीमानसंग सल्लाह गरेर गएको भए हुन्थ्यो नी भन्दा सोध्ने मौकै नमिलेको बताउँछिन् कमला । उता श्रीमान जीवराज भने श्रीमतीले घर छाडेको कुराले आफु भारतमै भएको बेला निकै नै चिन्तित भएको बताउँछन् । उनले भने,‘भोली केही भईहालेको भए त मलाई आउँथ्यो दोष । त्यसैले म निकै नै आत्तिएको थिएँ । ’ जे भएपनि यतिबेला जीवराज र कमलाको भेट भएको छ ।

विगत तीन महिनादेखि सम्पर्क बिहीन भएकी श्रीमतीलाई जे भयो भयो अब घर जानु पर्छ भनेर जीवराज भन्दा कमला भने घर जान मानिन् । न उनले घर जान मानिन् न त उनले श्रीमानलाई साथ दिने कुरा स्वीकर नै गरिन् । झगडा बिना नै श्रीमती कमलाले देखाएको उक्त व्यवहारप्रति जीवराज निकै नै चिन्तित देखिए । कमला भने कुनै पनि हालत आफु अब जीवराजको घरमा नजाने बताईन् । यति मात्र नभई उनले आफ्ना बालबच्चालाई पनि जीवराजसंग नछाड्ने बताईन् । भिडियोसहित

यो पनि पढ्नुहोस्

कपाल झर्ने समस्याले हैरान हुनुभयो ? मेथि र दही मिसाएर लगाउनुहोस्, नतिजा आफै देख्नुहुनेछ

काठमाडौँ । मेथी भान्सामा नियमित प्रयोग हुने मसला हो । मेथीलाई बहुगुणी खाद्यपदार्थका रूपमा लिने गरिन्छ। यसलाई खाँदा स्वास्थ्यमा र प्रयोग गर्दा मुहार एवं कपालको सुन्दरता एवं चमक दिन्छ । मेथीका धेरै फाइदा छन्।

यसलाई कपाल सुन्दर र चम्किलो बनाउनको लागि पनि प्रयोग गर्न सकिन्छ । मेथीले चाया हटाउन पनि मद्दत गर्छ ।

कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ।

यसको पेस्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ, साथै मुलायम र चम्किलो पनि देखिन्छ

मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ।

चायाबाट मुक्ति
यदि तपाईंलाई चायाको समस्या छ भने मेथीतपाईं का लागि अचुक औषधि बन्छ। सामान्यतया सुक्खापनले चाया पर्ने गर्छ। टाउकाको छाला सुक्खा भयो भने कपाल पनि रुखो हुन्छ। जसले गर्दा सुन्दरता हराएर जान्छ।

त्यस्तो अवस्थामा मेथी सरल घरेलु उपाय हो। मेथीमा दही मिसाएर पेस्ट बनाउनुस् र यसलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुस्।

अलिअलि मसाज गर्दा पनि राम्रो मानिन्छ । यसरी लगाएको करिब ३० मिनेटपछि सफासँग पखाल्नुहोस् । तपाईंको कपालमा भएको चाया सफा हुन्छ।

साथै छाला र कपाललाई पनि सुन्दर बनाउँछ। कम्तीमा महिनामा तीनपटक यो पद्दति अपनाउनुभयो भने चायाबाट हुने समस्याबाट मुक्ति पाउनुहुन्छ।

 

४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया