बुधबार १३ आश्विन २०७८

सामाजिक संजालबाट सबैको मन जितेकी टिक टक बाट पनि उतिकै चर्चामा आएकी अनिता खड्काको अप्रेशन असफल भएको छ।उनि बिगत लामो समय देखि अस्पतालमा भर्न भएका थिइन।भगवान जस्तो श्रीमान पाएकी अनिताको उक्त अप्रेशन असफल भएपछि निकै भाबुक हुदै उनको श्रीमान बिनोद मिडियामा आएका हुन्।डाक्टरले यो पटक अप्रेशन हुन सक्दैन भनेपछि बिनोद दुखित भएका हुन्।

बिगत केहि बर्ष देखि अस्पतालको बेडमा जीवन संग लडाई गरिरहेकी अनिताको अबस्था झन् नाजुक भएपछि विनोदलाई तनाब थपिएको थियो हाल उनि राम्रो संग बोल्न सक्ने भएकी छिन केहि बुझ्ने पनि तर उनि अझै स्वस्थ हुन् सकेकी छैनन् उनको घाटीको ठुलो अप्रेशन असफल भएको हो यो पटक।

अझै अप्रेशन गर्न समय लाग्ने भएपछि बिनोद निराश भएका छन।उनको लागि झन्डै ५० लाख भन्दा बढी खर्च भैसक्दा पनि उपचारको टुंगो न लागेपछि बिनोद निराश हुदै उनको उपचारको लागि भए पनि खर्च जुटाउने भन्दै अब गाउँ फर्किने भएका छन।अनितालाई छाडेर गाउँ जादै छन बिनोद।हेरौ यो भिडियो :

यो पनि पढ्नुहोस्

आज २०७७ पुस २१ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

मन चञ्चल हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आर्थिक क्षेत्र सवल रहनेछ । विपरित लिंगीप्रतिको आकर्षण बढ्ला ।

बृष

आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।

मिथुन

पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

कर्कट

प्रणयसम्बन्ध अघि बढ्ने योग छ ।बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । मुद्दा मामिलामा सफलता प्राप्त हुनेछ ।

सिंह

शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् ।

कन्या

आफ्नो निर्णय क्षमता देखाउन सकेमा राम्रो हुनेछ । प्रेममा सफलता प्राप्त होला । धनसम्पत्ती हानी हुने योग छ । नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ ।

तुला

अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

बृश्चिक

बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक  क्षेत्र सफल हुनेछ ।

धनु

महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

मकर

मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।

कुम्भ

विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्ययापन मध्यम रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन
आज स्वस्थ्य समस्या बल्झिनेछ । अनावश्यक धन खर्च हुनेछ । साथीभाईको सहयोग भने कायमै रहनेछ । शैक्षिक क्षेत्र मध्यम रहनेछ ।

४१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया