मंगलबार ०१ आषाढ २०७८

एकै परिवारका तिनै जना संसारबाट बिदा हुनुको मुख्य कारण यस्तो। घटना अघि फोनमा यस्तो कुरा…

भिडियो सबै भन्दा तल छ १४ पुस, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश र संविधान विपरीत प्रतिनिधिसभा गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विरोध सभामै माफी मागेका छन् ।

‘हामीले निर्वाचनका बेला जनतालाई स्थिर सरकार दिन्छौंं, देशलाई समृद्धिको बाटोमा लैजान्छौं भनेका थियौं’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री भट्टले भने ‘हामीले जनतासंग गरेको बाचा पुरा गर्न नसकेकोमा यही सभामार्फत म माफी माग्न चाहन्छु ।’

प्रचण्ड–माधव समूहले मंगलबार डोटी जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री भट्टले चुनावमा जनताले ठुलो आश गरेर नेकपालाई मत दिएको तर प्रधानमन्त्री केपी ओली जनताको आशालाई निराशामा परिणत गरेको आरोप लगाए ।

मुख्यमन्त्री भट्टले जीवन्त पार्टीमा अन्तरसंघर्ष हुनु र मतभिन्नता हुनु स्वाभाविक भएको वताउँदै तर पार्टीभित्रको विवादका कारण देशलाई नै प्रतिगमनतिर लैजानु उपयुक्त नभएको बताए ।

नागरिकको ठूलो त्याग र बलिदानीबाट ल्याएको वर्तमान व्यवस्थामाथि नै खतरा हुने गरी प्रधानमन्त्रीले कदम चालेको भट्टको आरोप छ । उनले पार्टीभित्र भएको बिवाद देखाएर सरकार सञ्चालनमा घेरावन्दी गर्‍यो भन्नु हास्यास्पद भएको बताए । ‘म आफू पनि सरकार प्रमुख हुँ, हाम्रो पार्टीमा विवाद छन्, बिमति छन्’ भट्टले भने ‘ती विवादहरुले मलाई सरकार सञ्चालनमा कुनै बाधा पुगेको छैन ।’

उनले कुनै पनि हालतमा बैशाखमा निर्वाचन हुन नसक्ने बताए । उनले थपे ‘वैशाखमा निर्वाचन गर्नका लागि तोकिएकै होइन, यो हामी सवैले बुझेका छौं, त्यो त देशमा अस्थिरता सिर्जना गर्दै आफू सत्तामा टिकिरहने खेल मात्रै हो ।

यो पनि पढ्नुहोस्

नेपालले विश्व नै आश्चर्यचकित हुने गरी आर्थिक विकास गरेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, १७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विश्व नै आश्चर्यचकित हुने गरी आर्थिक विकास गरेको दावी गर्नु भएको छ ।

नेकपा ओली समुहको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेला कार्यक्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वको तीव्र आर्थिक बृद्धिदर गर्ने १० उत्कृष्ट मुलुकमध्ये नेपाल पनि रहेको दावी गर्दै नेपालले विश्व नै आश्चर्यचकित हुने गरी आर्थिक विकास गरेको बताउनु भयाे ।

उहाँले भन्नुभयो – ‘विश्व आश्चर्यचकित हुने गरी ठूलो आर्थिक दर गर्ने १० मुलुकमा नेपाल पनि पर्यो ।’

त्यस्तै मानव बिकास सुचाङ्कमा तीव्रताका साथ अगाडि बड्दै जाने देशमा नेपाल पनि परेका प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । आफूले नेपाललाई विश्वमा चिनाउन सफल भएको पनि उहाँको जिकिर थियो । उहाँले नेपालको नाम पनि नसुनेका विश्वका मानिसहरुलाई नेपाल कहाँ छ ? भनेर सोध्नु नपर्ने गरि थाहा पाइसकेको बताउनु भयो ।
त्यस्तैगरी उहाँले नेपालको प्रधानमन्त्री को हो ? भनेर बाहिर चर्चा नहुने गरेकोमा अहिले भारतमा नेपालको प्रधानमन्त्री को हो भन्दा जो कोहीलाई कण्ठ भएको बताउनुभयो । आफूले गरेका बिकास तथा सकारात्मक कामहरुको चर्चा हुन नपाएको जिकीर पनि उहाँको थियो।

प्रचण्ड-माधव नेपाल समूहले भएका राम्रो कामको प्रचार गर्न नसकेको आरोप लगाउँदै उहाँले आफूले गरेका राम्रा र असाधारण कामहरु जनताले थापा पाउन नसकेको बताउनुभयो ।

प्रचण्ड नेपाललाई इंगित गर्दै मान्छे सानो नभएको तर चित्त सानो भएकाले पछिल्लो समयमा बिकासको प्रचार हुन नपाएको पनि ओलीको कथन थियो । उहाँले भन्नु भयो – ‘मान्छे हेर्दा सानो छैन, छातीको साईज उत्रै छ तर चित्त सानो ।’

 

१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया