शुक्रबार ०४ आषाढ २०७८

काठमाडौ । स्रोत नखुलेको ठूलो परिमाणको रुपैयाँ सहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३० वर्षीय अमितकुमार थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको नागढुंगाबाट भारतीय नागरिक १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका हुन् । कपिलवस्तुको बाँडगंगा नगरपालिका ४ का २२ वर्षीय कार चालक संगम थारु पनि उनीसँगै पक्राउ परेका छन्।

सोमबार बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले कारमा विभिन्न स्थानमा राखिएको अवस्थामा उक्त रकमसहित फेला पारेको जनाएको छ ।

रकमको स्रोत नखुलेकाले उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए। कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कार चेक जाँचका क्रममा उनी पक्राउ परेका हुन्।

बरामद रकम कारको डिक्किमा, स्पेयर टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइएका ३ वटा झोलामा फेला परेको प्रहरीले जनाएको छ। गुप्ताको साथबाट ८६ हजार रूपैयाँ बरामद भएको हो।

उक्त रकम भारतबाट भारतीय रूपैयाँ ल्याई नेपालको सीमा क्षेत्रमा पटक पटक गरी नेपाली रुपैयाँ सटही गरेको उनले बताएका छन्। उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने तयारी भएको छ।

यो पनि पढ्नुहोस्

जब खुमलटार पुगेर विप्लवपुत्र प्रकाशले सीतालाई आमाभन्दै अंगालो हालेपछि

काठमाण्डौ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । मुम्बई लैजानुअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले भेटेका छन् । प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित दाहाललाई उपचारकालागी भारतको मुम्बईमा लगिएको छ ।

डाक्टर प्रकाश बुवाको राजनीतिक विरासतबाट माथि उठेका उनी यतिबेला युवाहरुको आवाज बनेका छन् । त्यसैले उनी युवाहरू माझ लोकप्रिय छन् । चितवन मेडिकल कलेजमा मेडिकल विद्यार्थीहरूको चर्चित आन्दोलनको नेतृत्व गरेदेखि नै प्रकाश सबैको प्रिय बनेका हुन् । १६ वर्षपछिको भेटमा प्रकाशले सीता दाहाललाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यसम्बन्धी केही सुझावहरू पनि दिएको खुमलटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रकाशले सीता दाहाललाई आमा भनेरै सम्बोधन गरेका थिए । सीता दाहाललाई भेट्न प्रकाश सोमवार बिहान करीब ९ बजे खुमलटार पुगेका थिए । प्रकाशले भेटेलगत्तै सीतालाई मुम्बई लगिएको हो । नेत्रविक्रम चन्दले १० वर्षे जनयुद्ध प्रचण्डकै नेतृत्वमा लडेका थिए । शान्ति प्रक्रियामा आएपछि पार्टी विभाजन हुँदा मोहन वैद्य किरणतर्फ लागेका चन्दले हाल आफ्नै नेतृत्वमा अर्धभूमिगत राजनीति गर्दै आएका छन् ।

२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया