बुधबार १३ आश्विन २०७८

भिडियो समचारको अन्तमा राखिएको छ हेर्नुहोस)

यो पनि पढ्नुहोस: १० लाख वर्ष खेल्दा पनि म्याराडोना बराबर हुन सक्दिनँ : मेसी

एजेन्सी। ‘म्याराडोना तिमी कुन ग्रह बाट हौं?’ सन् १९८६ को विश्वकप सेमि फाइनलमा म्याराडोनाले इङल्यान्डका ६ खेलाडीलाई छक्याएर गोल गरेलगत्तै उरुग्वेली टेलिभिजन कमेन्टेटर हुुगो मेरालेसले सोधेका थिए।

म्याराडोनाको यो गोल ‘गोल अफ दि सेन्चुरी’ नामले विख्यात छ र विश्वकप इतिहासकै सर्वाधिक उत्कृष्ट गोल मानिन्छ। ६० वर्षको उमेरमा गत बुुधबार हृ’दयघा तले नि’धन भएका म्याराडोनाबारे अन्य खेलाडीहरुको दृष्टिकोण, उनीहरुकै शब्दमा:

एरिक क्यान्टोन– पेल र म्याराडोना बीचको महत्त्वपूर्ण फरक भनेको म्याराडोना उत्कृष्ट खेलाडीबाट घेरिएका थिएनन्, उनले आफैंले टिमको जिम्मेवारी लिनुपरेको थियो। यदि, तपाई अर्जेन्टिनाको टोलीबाट म्याराडोनालाई निकाल्नुुभयो उनीहरु को विश्वकप जित्न सक्दैनथें होलान्। तर, मलाई लाग्छ ब्राजिलले पेले बिना पनि जित्नसक्थ्यो।

लियोनल मेसी– १० लाख वर्षसम्म खेलेपनि म कहिल्यै म्याराडोना नजिक आउन सक्दिनँ। उनी अहिलेसम्मकै महान् खेलाडी हुन्।

कलार्लोस् टेभेज– डिएगो म्याराडोना अर्जेन्टिनीहरुका भगवान् हुन् र उनी सधैं भगवान् रहनेछन्।

माइकल प्लाटिनी– जिनेदिन जिदानले बलमार्फत जे गर्नसक्छन्, म्याराडोनाले त्यो सुन्तलामार्फत नै गर्छन्।

जिको– उनी उत्कृष्ट हुन्, कुनै प्रश्न छैन। मैले म्याराडोनाले त्यस्तो खेलेको देखेको छु, जसलाई देख्दा यो सम्भव छ र भन्ने दुविधा भगवान‍्लाई पनि हुनसक्छ।

फ्रान्को बारेसी– जब म्याराडोनामा लयमा थिए, त्यतिबेला उनलाई ठाउँ कुनै बाटो नै थिएन।

अब हेर्नुहोस यो भिडियो:

भारतीय नागरिक चढेको कार नागढुंगामा चेक गर्दा भेटियो डेढ करोड, यस्तो दिए चकित् पार्ने वयान

काठमाडौ । स्रोत नखुलेको ठूलो परिमाणको रुपैयाँ सहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३० वर्षीय अमितकुमार थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको नागढुंगाबाट भारतीय नागरिक १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका हुन् । कपिलवस्तुको बाँडगंगा नगरपालिका ४ का २२ वर्षीय कार चालक संगम थारु पनि उनीसँगै पक्राउ परेका छन्।

सोमबार बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले कारमा विभिन्न स्थानमा राखिएको अवस्थामा उक्त रकमसहित फेला पारेको जनाएको छ ।

रकमको स्रोत नखुलेकाले उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए। कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कार चेक जाँचका क्रममा उनी पक्राउ परेका हुन्।

बरामद रकम कारको डिक्किमा, स्पेयर टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइएका ३ वटा झोलामा फेला परेको प्रहरीले जनाएको छ। गुप्ताको साथबाट ८६ हजार रूपैयाँ बरामद भएको हो।

उक्त रकम भारतबाट भारतीय रूपैयाँ ल्याई नेपालको सीमा क्षेत्रमा पटक पटक गरी नेपाली रुपैयाँ सटही गरेको उनले बताएका छन्। उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने तयारी भएको छ।

३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया