बुधबार १३ आश्विन २०७८

सोमबार:१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

मंगलबार:१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।

९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

सोमबार यसरी गर्नुहोस भगवान शिवको पुजा आराधना, मिल्नेछ लाभ !

पुरातन कालदेखि सोमवारको सम्बन्ध भगवान शिवसंग जोडिएको छ । भोलेनाथलाई स्वच्छ मनले यदि आराधना गरेको खण्डमा उनि भक्तप्रति छिट्टै नै प्रसन्न हुने साथमा भक्तहरुको मनोकामना पनि पुरा हुने मान्यता रहेको छ।सोमवारको दिन भगवान शिवको पुजा आराधना तथा उपवास बस्नाले रोग ब्याधी नलाग्ने, आर्थिक समस्या आइनपर्ने साथै कुमारी महिलाहरुले शिवजस्तै पति पाउने विभिन्न धार्मिक मान्यता रहेको छ।

भगवान शिवलाई कसरी आराधना गर्ने -बिहानै स्नान गरि नजिकैको मठ मन्दिरमा जाने यदि सम्भव नभए घरमै बसेर विधि विधानका साथमा पुजा गर्ने -सबैभन्दा पहिले भगवान शिवका साथमा माता पार्वती र नन्दीलाई गंगाजल र दुधले स्नान गराउने। -यसपश्चात भोजपत्र , चन्दन, अक्षता, भांग अर्पण गर्ने -पुजा सकिसकेपछि भगवानको आरती गर्ने ,के गर्ने?–नजिकैको मन्दिरमा गई शिवजीलाई मिश्री र दूध चढाउने –यदि मन्दिर जान सम्भव नभएमा घरमै यी चिज अर्पण गर्न पनि सकिन्छ

बेलपत्र, बेलपत्र भगवान शिवको सबैभन्दा प्रिय हो । त्यसैले हरेक मनोकामना पुरा गर्नका लागि सोमवार भगवान शिवलाई ११ बेलपत्र अर्पण गरि गंगाजलले स्नान गराउने। साथमा ॐ नम शिवाय मंत्र जप गरि मौसम अनुसारको फल पनि चढाउन सकिन्छ।

५२० पटक हेरिएको

तपाईको प्रतिक्रिया