बुधबार १३ आश्विन २०७८

गुल्मी । ‘मलाई तपाईँहरुले आफुसंगै लगेर त्यो घरमा जानु हुन्छ भने म जान्छु । र उहाँहरुलाई केही भन्न सक्छु तर मलाई उतै छाडेर तपाईँहरु फर्कने हो भने म मरेपनि जाँदिन ।’ यो भनाई हो गुल्मीका जीवन भण्डारीको । उनी आफ्नै घरमा जान मानिरहेका छैनन् । कारण हो उनको बुवा । उनको आफ्नै बुवाले जब उनलाई पैसाकैलागी बेच्ने कुरा गरे तब जीवन आफ्नै घर छाडेर भागे । उनी यसरी भागे कि यो कलिलै उमेरमा पनि बरु वेवारिसे बन्न तयार भए तर आफ्नै घर फर्कन चाहेनन् ।

जीवन अहिले रुपन्देहीमा वेवारिसे जस्तो भएर दिनरात काति रहेका छन् । उनका कुरा सुन्दा मन भक्कानिएर आयो । हरेक बालबालिकालाई आफ्नो अभिभावकसंग बस्ने रहर हुन्छ । त्यो उनीहरुको नैसर्गिक अधिकारको कुरा पनि हो । तर जीवन त आफ्नै अभिभावक हुँदाहँदै पनि कोही नभएको जस्तो टुहुरो भएका छन् । उनको भनाई अनुसार उनका बुवाले उनलाई निकै नै सतावट दिने गर्नु हुन्थ्यो रे । उनीसंग कुरा गर्दा आफुलाई उनको सौतेनी बुवा भन्नु हुन्थ्यो रे । तर जीवनले त उनलाई आफ्नै बुवा भन् ठानेका छन् ।

उनी सोंच्दछन् कि आफ्नै बुवाले पनि कसरी यस्तो भन्न सकेको होला भनेर ? बुवाको आफुप्रतिको असैह्य व्यवहार दिनदिनै बढ्दै गएको हुनाले उनले संधैकोलागी घर छाडेको बताउँछन् । भन्छन्,‘मलाई बुवाले जहिले म तेरो सौतेनी बाबु हुँ । तँलाई त ३ या ४ लाख कसैले दियो भने म त बेची दिने हुँ । म तँलाई माया गर्दिन् । यो मेरो भएको सम्पत्ति मेरो छोरीहरुलाई दिन्छु ।’ उनले आफ्ना दुःखका कुरा सुनाई रहँदा उनको आँखामा आँशु भरिएर टल्पलाई रहेको थियो । भिडियोसहित

यदि तपाई चाउमिनको भोगी हुनुहुन्छ भने एक पल्ट अवश्य पढ्नुहोस

धेरैले दैनिक जसो खाजाको रूपमा चाउमिन खाने गरेका हुन्छन् । छिटो र मीठो पाइने भएकोले यसलाई सबले रुचाउने गर्छन् ।दैनिक खाजाको रूपमा चाउमिन खानु स्वास्थ्यका लागि खतरनाक हुने गर्दछ ।टल, रेष्टुरेन्टहरूमा भीड अत्यन्तै हुने र उक्त मानिसहरू खाजाको रूपमा चाउमिन नै खान मन पराएको देखिन्छ ।तर, चाउमिन धेरै खानु हुँदैन र बढी खाए के हुन्छ भन्ने कुरा थाहा नभएको कारणले पनि मानिसहरूले धेरै खाने गरेको पाइन्छ ।

चाउमिन बनाउन मैदाको प्रयोग गरिन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन ।मैदालाई सेतो तथा चमकदार बनाउनका लागि बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ ।मैदाबाट बनेको चाउमिन वा अन्य खाने कुराहरू दैनिकजसो खाने गरेमा स्वास्थ्यमा हानि पुग्न जान्छ ।नियमित रूपमा मैदाबाट बनेको चाउमिन वा अन्य खानेकुरा खाने मान्छेमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।र, त्यस्ता व्यक्तिहरू छिट्टै विभिन्न रोगको शिकार हुने गरेको पाइन्छ ।

मैदा बनाउने क्रममा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुने गर्छ जसले गर्दा ग्यास्ट्रिक, एसिडिटी, पेटका समस्या तथा शरीरका हड्डी कमजोर गराउछन् ।चाउमिनको अत्याधिक सेवनले पाचन प्रक्रियामा गडबड गराइ कब्जियतको समस्या उत्पन्न गराउनुका साथै टाउको दुख्ने, छिट्टै थाक्नेलगायतका समस्या निम्त्याउँने गर्छ ।मैदा धेरै मात्रामा खाँदा शरीरमा सुगरको मात्रा बढ्न गइ सुगर बढ्छ र रगतमा ग्लुकोज जम्मा हुन्छ ।जसले शरीरमा केमिकल रियाक्सन सुरु गरी मधुमेह, कोलेस्ट्रोल तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढेर जान्छ ।

 

४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया