बुधबार १३ आश्विन २०७८

गुल्मी मुसिकोट थाई घर भएर अहिले तम्घासमा बसोबास गरिरहेका र केही समय अगाडिबाट टिकटकदेखि युटयुबसम्म सबैमा आफनो हसाउने कला, जादूमय स्वर र मिठो बोलीले भाईरल भएका भाई सचिन परियारको पहिलो गित “ओठ खोलेर” सार्बजनिक भएको छ । महेन्द्र भण्डारीको लय र एरेन्ज रहेको यो गितमा सबै लगानि सबिन क्षेत्रीको रहेको छ । सचिनले रबिना बसेल अर्की भाईरल नानीसँग स्वरमा स्वर मिलाएर यो गित गाएका छन भने यसमा थप साथ दिएका छन स्वरमै चर्चित गायक अर्जुन कुवर र अश्मिता बुढाथोकीले भने शब्द रहेको छ गणेश अधिकारी र थेगो महेन्द्र भण्डारीको ।

जसलाई निर्देशन गरेकी छिन गुरुआमा स्मिृति तिमिल्सिनाले । जसमा चर्चित मोडल करिश्मा ढकाल, एलिना रायमाझी, अर्जुन कुवर र सबिन क्षेत्रीको पनि अभिनय र स्वयम सचिन परियारको पनि जोडदार अभिनय र कमेडी रहेको छ । सचिनको गित २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डीङ नम्बर ३ मा पर्न सफल भएको छ ।

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो ।

कोभिड–१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी औपचारिक निर्णय लिनेछ । सीसीएमसीले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार खुलेका विद्यालयलाई बन्द गराउने अधिकार अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत हुने भएको छ ।

केन्द्र सरकारले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गर्ने तयारी गरे पनि कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गरिसकेका छन् । काठमाडौं उपत्यकाकै कतिपय सरकारी विद्यालय पनि खुला भइसकेका छन् । काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्थाको पठनपाठन भने अनलाइनमार्फत हुँदै आएको छ ।

सरकारले यसअघि शैक्षिक संघ संस्था खुला गर्ने निर्णय नगरे पनि जनस्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा गर्न अनुमति दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्पन्न गरिसकेको छ । यस्तै विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा जारी छन् भने कतिपय प्रक्रियामा गइसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया