शनिबार ०५ आषाढ २०७८

काठमाडौँ । अनियमित र अनियन्त्रित खानपानका कारण आजभोलि मानिसलाई एसीडीटी र पेटसम्बन्धी कयौँ समस्याबाट पीडित हुने गर्दछन्।यदी तपाई पनि पेटसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने किचनमा उपलब्ध हुने चीजबाट पनि राहत पाउन सक्नुहुनेछ। आजहामी तपाईलाई एसीडीटी र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।

सौँफ:धेरैजसो मानिसले सौँफलाई राम्रो माउथ फ्रेशनरका रुपमा प्रयोग गर्ने गर्दछन्। तर यसको फाइदाका बारेमा भने धेरै कम व्यक्तिलाई मात्र थाहा हुनसक्छ।जुन कुनै समयमा पनि तपाईलाई एसीडीटी जस्तो कुनै समस्या महशुस हुने गरेको छ भने राति थोरै सौँफमा पानी राखेर छोडिदिनुहोस्। त्यसपछि बिहान उठेर त्यसलाई पिउनुहोस्। यसो गर्दा एसीडीटीको समस्याबाट राहत मिल्ने गर्दछ।

ल्वाङ:किचनमा मसलाका रुपमा प्रयोग हुने ल्वाङबाट पनि एसीडीटीको समस्याबाट छुट्कारा पाउन सकिन्छ। जुन कुनै समयमा तपाईलाई एसीडीटीको समस्या हुने गर्दछ तब मुखमा ल्वाङ राखेर हल्का चपाउनुहोस् । यसो गर्दा तपाईको पेटलाई राहत मिल्ने गर्दछ।

सुकमेल:एसीडीटीको समस्या छ भने सुकमेल पनि त्यसको अचूक औषधि बन्ने गर्दछ। एसीडीटीको समस्याबाट राहत पाउनका लागि दुई, तीनवटा सुकमेललाई मसिनो बनाए पिस्नुहोस्।त्यसपछि त्यसलाई पानीमा हालेर पिउनु भयो भने एसीडीटीको समस्याबाट राहत पाउन सक्नुहुनेछ। सुकमेल चिसो लागेको छ भने पनि निकै उपयोगी हुने गर्दछ।

पुदिना:पुदिना एसीडीटीका लागि रामबाण मानिन्छ। यो पेटसम्बधी विभिन्न रोगका लागि सहयोगी हुने गर्दछ। यसले एसीडीटीको समस्याबाट छुटकारा पाउनका लागि निकै उपयोगी हुने गर्दछ।

तुलसी:तपाईको घर आँगनमा पाइने तुलसी एसीडीटीको समस्याबाट तुरुन्त राहत दिनमा निकै सहयोगी मानिन्छ। यसले पेटमा एसिडको प्रभाव कम गर्ने र पेटमा ग्यास भरिनबाट रोक्ने गर्दछ।एसीडीटीबाट छुटकारा पाउनका लागि खाना खाएपछि तुलसीको हात चपाउनुहोस्। यसो गर्दा एसीडीटी तुरुन्त कम हुने गर्दछ।

यो पनि पढ्नुहोस्

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो ।

कोभिड–१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी औपचारिक निर्णय लिनेछ । सीसीएमसीले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार खुलेका विद्यालयलाई बन्द गराउने अधिकार अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत हुने भएको छ ।

केन्द्र सरकारले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गर्ने तयारी गरे पनि कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गरिसकेका छन् । काठमाडौं उपत्यकाकै कतिपय सरकारी विद्यालय पनि खुला भइसकेका छन् । काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्थाको पठनपाठन भने अनलाइनमार्फत हुँदै आएको छ ।

सरकारले यसअघि शैक्षिक संघ संस्था खुला गर्ने निर्णय नगरे पनि जनस्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा गर्न अनुमति दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्पन्न गरिसकेको छ । यस्तै विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा जारी छन् भने कतिपय प्रक्रियामा गइसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

३०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया