बुधबार १३ आश्विन २०७८

काठमाण्डौ । कविता दास । यो नाम एक पिडित श्रीमती र एक आमाको हो । त्यो आमा जस्ले श्रीमानले साथ छाडेर अर्कैको हात थामेपछि जीवनसंग हार मानेर आफ्नै भएकी एउटी छोरीसंगै आफुले पनि यो संसार छाड्ने सम्मको सोंच बनाएकी रहिछन् । कविता आफ्ना कुरा सुनाउँदा निकै नै रोईन् । के सोंचे थें जिन्दगीमा के के भयो अहिले भन्ने यो गीत उनै लाचार र बिबश आमा कविताको जीवनसंग मेल खाएको छ ।

कुनै समय गार्मेटमा काम गर्दा एकजना चिनेको दाईको माध्यमबाट चिनाजानमा जुध्न पुगेकी कविताले त्यही व्यक्तिलाई जीवनकोलागी उपयुक्त ठान्दै बिहे पनि गरिन् । आफ्नोलागी जीवनभरी नै परफेक्ट भन ठानेर बिहे गरेको श्रीमान रबिन दास कविताकोलागी सही व्यक्ति रहेनछन् । यो कुरा कविताले बिहे भएको झण्डै १२ वर्षपछि मात्र थाहा पाईन् कि रबिन आफ्नोलागी सही व्यक्ति रहेनछन् भन्ने कुरा । यो बीचको समयमा सबै कुरा ठीक थियो जसरी एउटा परफेक्ट परिवारमा सबै हुन्छ ।

तर बिस्तारै बिस्तारै सबै कुरा गलत हुँदै गयो । उहाँले म हुँदाहुँदै अर्कैसंग लागेर म र छोरी छौं भन्ने पनि बिर्सनु भयो । कविता भन्छिन्,‘म पढेलेखेको छैन । मलाई स्मार्ट फोन चलाउन पनि आउँदैन । तर कामको सबै सीप जानेको छु । मैले केही जान्दिन भनेर होला सायद उहाँले मभन्दा जान्नेलाई रोज्नु भयो ।’ कविताले आफ्ना कुरा सुनाउँदा कहिले भावुक भईन् त कहिले भक्कानिदैं रोईन् पनि । उनको भनाई अनुसार उनले ठेलामा चटपटे बेच्नेदेखि पोते उन्नेसम्मको सबै काम गरिन् ।

तर पनि रबिनले उनको दुःख, मेहेनत, माया र सहयोग केही हेरेनन् । दुई सन्तानका बाबु र कविताका श्रीमान भई सक्दा पनि रबिन दासले आफुलाई अविबाहीत जस्तै गरेर श्रीमतीकै अगाडी अर्कैसंग माया प्रेम खुल्लमखुल्ला तरिकाले गर्न थाले । कविताको भनाई अनुसार १२ वर्षदेखिको कवितासंगको प्रेम र बैबाहीक सम्बन्ध तोड्न रबिनलाई १२ सेकेण्ड पनि लागेनछ । उनले जस्कोलागी कवितालाई छाडेर गए त्यो महिलालाई पनि कविता रबिनको श्रीमती हो भन्ने सबै जानकार थियो । श्रीमानले छोडेपछि अहिले उनलाई घर चलाउन र छोरीको खर्च जुटाउन कै गाह्रो परेको कुरा रुँदै सुनाउँछिन् कविता । भिडियोसहित

१० महिनापछि खुल्दै बल्ल खुल्ने भए निजि र सरकारी विद्यालय

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो ।

कोभिड–१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी औपचारिक निर्णय लिनेछ । सीसीएमसीले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार खुलेका विद्यालयलाई बन्द गराउने अधिकार अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत हुने भएको छ ।

केन्द्र सरकारले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गर्ने तयारी गरे पनि कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गरिसकेका छन् । काठमाडौं उपत्यकाकै कतिपय सरकारी विद्यालय पनि खुला भइसकेका छन् । काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्थाको पठनपाठन भने अनलाइनमार्फत हुँदै आएको छ ।

सरकारले यसअघि शैक्षिक संघ संस्था खुला गर्ने निर्णय नगरे पनि जनस्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा गर्न अनुमति दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्पन्न गरिसकेको छ । यस्तै विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा जारी छन् भने कतिपय प्रक्रियामा गइसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया