शुक्रबार ०१ आश्विन २०७८

उदयपुर । एउटी आमाकोलागी उस्को सन्तान नै यो संसारमा सबैथोक हुन्छ । सन्तानप्रतिको मोहलाई यो संसारको कुनै कुरासंग साँट्न मिल्दैन । तर उदयपुरमा एउटी आमाले आफ्नै सन्तानको मायालाई एउटा एउटा चाउचाउ, बिस्किट र हजारको नोटसंग साँटेकि छन् । उनले आफ्ना कलिला छोराछोरीको हातमा यी खाने कुरा थमाएर आफु भने अर्कैको श्रीमानसंग भागेकी छन् ।

उदयपुरको चौजण्डेगढी नगरपालिका ६ सिरवानी टोलीकी रुपा बस्नेतले आफ्ना ती अबोध छोराछोरीलाई खाने कुरा दिएर नारायण थापा नाम गरेका व्यक्तिसंग भागेको खबर बाहीरिएको छ । रुपा सशस्त्र प्रहरी बलका बरिष्ठ हवल्दार प्रमोद बस्नेतकी श्रीमती हुन् । र उनलाई भगाउने पनि सशस्त्र पहरी बलकै सिपाही नारायण थापा हुन् ।

यी दुवैले आफ्नो घरमा भएका बालबच्चा सहित आ आफ्नो श्रीमान र श्रीमतीलाई धोका दिएर प्रेम गरी भागेका छन् । यीनीहरुको खोजी कार्य भईरहेको छ । यीनीहरुलाई आफ्न्तकोमा खोजेर नभेटाएपछि सोशल मिडियामा नै यीनीहरुको तस्वीर सार्वजनिक गरिएको छ ।

रुपाले नारायणसंग भागेर जाँदा श्रीमान प्रमोदको कमाईको ९ लाखसंगै ३ तोला सुन समेत लगेको परिवारले बताएको छ । परिवारको भनाई अनुसार प्रमोद सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार हुन् र उनी रिटायर भईसकेका छन् । हाल उनी मलेसियामा कार्यरत छन् ।

रुपा र नायारणको भेट यही श्रावण महिनादेखि भएको हुन सक्ने परिवारको आशंका रहेको छ । रुपाको काका ससुरा र नन्दको भनाई अनुसार रुपाको बानी घरका मानिसहरुसंग कम बोल्ने, घरको काममा भन्दा मोबाईलमा धेरै समय बिताउने रहेको बताईएको छ । घुसघुसे बानीले गर्दा रुपाको चालचलन र चरित्र बुझ्न नसकिएको काका ससुरा सन्त बहादुर बस्नेतले बताएका छन् ।

पोखराबाट उदयपुर सरुवा भएका नारायणको पनि उता घरमा श्रीमती र दुई सन्तान रहेका छन् । नारायण भने हाल सशस्त्र प्रहरी बलमै कार्यरत एक सिपाही हुन् । रुपा नारायणसंग भागेर गएदेखि दुबैका छोराछोरीको बिचल्लि भएको छ भने । रुपका परिवारहरु निकै नै आक्रोशित रहेका छन् ।

यो पनि पढ्नुहोस्

राति सुतेको बेला हरेक मान्छेले सपना देख्ने गर्छ । भने सपनाले जीवनमा घट्ने अनेकौ घटना वा कुराको संकेत गर्दछ । कतिपय व्यक्तिको सपना पुग्ने पनि गर्छ । कसै-कसैले देखेको सपनाको ठिक विपरित पनि हुन जान्छ ।

सपनाले मानिसको मृत्युबारे पनि अगाडी नै संकेत गर्दछ । धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ।

धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन ।याद गर्नुहोस् कुनै मानिसको मृत्यु भन्दा अगाडी यी ११ सपना देखा पर्दछ |

१. कालो रंग

कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइला‍इ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले।

प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।

२. सर्प

अर्थ लागाउन गाह्रो संकेत हो सर्प। फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयाकन डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।

३. कालो बिरालो

सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।

४. दाँत झर्नु

सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।

५. कालो चरा

कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।

६. बच्चाको स्याहार

सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ।

७. डुब्न लागेको मानिसलाइ बचाउदा

सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ।

८. यात्राको योजना

यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ।

९. दोहोरिने सपना

कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।

१०. नाच्नु अनि गाउनु

सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ।कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ।

११. एक्लै पिउनु सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ। हाम्रो इकोनोमि

३८० पटक हेरिएको

तपाईको प्रतिक्रिया