शनिबार ०५ आषाढ २०७८

अखिल भारत नेपाली एकता मंचका राज्य समिति सह–सचिब चन्द्र बहादुर महराकी धर्मपत्नी मनीषा महरा विगत डेढ महिनादेखि भरतपुरस्थित पुरानो मेडिकल कलेज ऋःक् मा उपचाररत छिन् । उनको ‘बीपी हाइ हुन गई दिमागको नसा फुटे पश्चात पक्षघात भएको हो।

सुनिल स्मृती गाउँपालिका–४, बाग्मा घर भएकी मनिषा एक महिनाकी सुत्केरी थिइन् । सोही अवस्थामा मंसिर ७ गते एक्कासी टाउको दुखेपछि सुलचौरस्थित स्थानीय अस्पतालमा लगियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बुटलस्थित सिद्धबाबा हस्पितल पुर्‍याइयोे।

उक्त हस्पिटलले समस्या जटिल भएको भन्दै मनिषालाई भरतपुर पुरानो मेडिकल कलेज रिफर गरेको थियो । टाउकाको नशा फुटेकाले तत्काल उनको अपेरेसन गरियो तर उनी पक्षघातको शिकार भइन् । एक महिनाकी सुत्केरी मनिषाका तीन छोरी छन्।

हाल मनिषालाई थेरापीको काम भइरहेको छ । अहिलेसम्म झण्डै १० लाख बढी सकिएको श्रीमान् महरा बताउँछन् । समयको खेल मनीषालाई कुरेर बस्दा बस्दै मंगलबारदेखि उनी पनि सोही अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । डाक्टरहरुले उनको लक्षणको आधारमा कोरोना हुनसक्ने बताएका छन् । पीसीआर टेष्ट रिपोर्ट आईनसकेको महरा बताउँछन्।

महराले भने, ‘भएको अलिकति सम्पत्ति मनिषाकै उपचारमा सकियो, साथीभाई आफन्तहरुले व्यक्तिगत रुपमा केही सहयोग गरेका छन् । खर्च कति लाग्ने हो थाहा छैन, मसँग पैसा पनि सकियो, आफै विरामी भए, अब सहयोगकै भर भएको छ।

कसैले सहयोग गरे मनीषा बाँच्थिन कि !’ उनले मधुर स्वरमा भने, ‘घरमा डेढ महिनाकी छोरी छिन्, भैसीको दुध खाएर बाँचेकी छिन्, मेरा छोरीहरुले आमा भन्न पाउँछन कि पाउँदैनन् थाहा छैन।’

चार बर्षअघि मनिषाको दाहिने किड्नी खराब भएपनि निकालिएको थियो । डेढ महिनाअघि बुटवलस्थित आम्दा हस्पिटलमा अपरेसन गरी उनले छोरीलाई जन्म दिएकी थिइन्।

पारिवारिक आर्थिक अवस्था कमजोर भएको उनीहरुले सहयोगको अपिल गरेका छन् । चन्द्र महरालाई सहयोग गर्ने चाहनु हुने सहयोग मन भएका संघ/संस्था, सुभेच्छुकहरुले निम्न ठेगानामा सम्पर्क गर्न सक्नु हुनेछ।

यो पनि पढ्नुहोस्

काठमाडाैं, पुष । कोभिड १९ को कारणले १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्र (लाइन्सेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा एक साताभित्रै खुल्ने भएको छ।यातायात व्यवस्था विभागले पुसको दोस्रो सातादेखि १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्न लागेको हो।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको

छब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ। एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए। ‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अ’भद्र व्य’वहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र ह त्या गर्ने, गो’प्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’

टिकटकबाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ। सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आइडी ब्लक गरिदिनेजस्ता उपचार गर्दै आएको छ।एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा टिकटक बनाउने प्रवृत्ति बढेको छ। प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरी टिकटकमा अपलोड गर्छन्। कतिपयले एकथरी भिडियोमा अर्को अडियो प्रयोग गर्ने गरेको प्रहरीको निष्कर्ष छ। ड्युटीमै अनाश्यक भिडियो बनाएको जानकारीका आधारमा १० जनाभन्दा बढी प्रहरी कर्मचारीलाई कारबाही गरेको ब्युरोले जनाएको छ। त्यस्तै नेपाली सेनाले पनि पोसाकको दुरूपयोग नगर्न लिखित निर्देशन दिइसकेको छ। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया