शनिबार ०५ आषाढ २०७८

काठमाडौ । श्रीमानलाई ऋण खोजेर विदेश पठाइन् गंगा कुमारी लिम्बुले । भविष्यको राम्रो सपना देखेकी थिइन् । श्रीमान वहराइन् गएको केही समय सम्म सबै राम्रो थियो । सम्बन्ध सुमधुर थियो । उनीहरुको एउटा छोरी पनि छन् । छोरीको भविष्य र आफुहरुको सुन्दर सपना पुरा गर्न पैसा कमाउन भन्दै उनले ऋण खोजेर श्रीमानलाई विदेश पठाएकी थिइन् । तर केही समयमा नै उनको त्यो सपना भताभुंग भयो । श्रीमानलाई विदेश पठाएको केही वर्ष पछि गंगा प्यारालाइसिसको बिरामी भइन् ।

शरिर कमजोर भएपछि झन परिवारको माया चाहिने बेलामा आफ्नै श्रीमानले समेत वास्ता गर्न छोडे । जिवनभरको साथ दिने आश गरेर बसेका श्रीमानले नै अप्ठेरो अवस्थामा छोडे । घनश्याम लिम्बु वहराइन्मा बसेका छन् तर श्रीमतीलाई वास्ता गदैनन् । अहिले ३० वर्ष भन्दा बढी भयो घनश्यामले अर्कै संसार बसाले । गंगासंगको छोरी पनि अहिले २० वर्षकी भइन् । बुवाले नै वेवास्ता भएपछि गंगाको छोरीले राम्रो पढ्न पनि पाइनन् ।

जन्मेको तेह्रथुम हो, दिदी गंगाको उपचारका लागि भन्दै उनका भाई संगै बसेका छन् । गंगाले अरुले बोलेको सबै सुन्छिन्, महशुष गर्न सक्छिन् तर जवाफ फर्काउन सक्दिनन् । आफ्नो वैंश हुँदासम्म साथ दिएका श्रीमानले जब श्रीमती अशक्त भइन् अहिले सम्पर्क विहिन भएर अर्को संसार बसाएका छन् । घनश्यामले सामाजिक सञ्जाल फेसवुकमा आफ्नो छोरीलाई पनि ब्लक गरेका छन् । घनश्यामले वहराइन्मा विवाह अर्को श्रीमतीको छोरीलाई भने उनले त्यहाँवाट पढ्न पैसा पठाउने गरेको आफुहरुले थाहा पाएको तर आफ्नै अंशलाई भने वेवास्ता गरेको बताएका छन् ।

लाइसेन्स निकाल्ने सोचमा हुनुहुन्छ भने, एकपटक अवस्य पढ्नुहोला !

काठमाडाैं, पुष । कोभिड १९ को कारणले १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्र (लाइन्सेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा एक साताभित्रै खुल्ने भएको छ।यातायात व्यवस्था विभागले पुसको दोस्रो सातादेखि १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्न लागेको हो।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको

छब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ। एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए। ‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अ’भद्र व्य’वहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र ह त्या गर्ने, गो’प्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’

टिकटकबाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ। सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आइडी ब्लक गरिदिनेजस्ता उपचार गर्दै आएको छ।एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा टिकटक बनाउने प्रवृत्ति बढेको छ। प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरी टिकटकमा अपलोड गर्छन्। कतिपयले एकथरी भिडियोमा अर्को अडियो प्रयोग गर्ने गरेको प्रहरीको निष्कर्ष छ। ड्युटीमै अनाश्यक भिडियो बनाएको जानकारीका आधारमा १० जनाभन्दा बढी प्रहरी कर्मचारीलाई कारबाही गरेको ब्युरोले जनाएको छ। त्यस्तै नेपाली सेनाले पनि पोसाकको दुरूपयोग नगर्न लिखित निर्देशन दिइसकेको छ। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया