शुक्रबार ०१ आश्विन २०७८

एजेन्सी । अस्पतालमा अचम्मका घाइते आएपछि केही बेर स्वास्थ्यकर्मी पनि अचम्म परे । उनको टाउकोमा तीर थियो । घाइते अवस्थामा रहेका उनको यो अवस्था कसरी भयो भन्ने बारे जव चिकित्सकले सोधे अनि खुल्यो रहस्यम घटना । यो घटना भारत मध्य प्रदेशको इन्दौर शहरमा भएको हो ।

एकजना घाइते शनिबार राति बार्वानीबाट एमवाई अस्पताल आइपुगेका थिए । केही व्यक्तिले एकजना मानिसकी श्रीमतीलाई उठाएर लैजान लागेका थिए । पतिले उनीहरुको प्रतिकार गरे । त्यती बेला उनीहरुले श्रीमान्लाई तिर प्र’हा’र गरे । उनलाई धेरै पटक प्र’हा’र गरिएको थियो । तर श्रीमान्ले हार मानेनन् । उनी गम्भिर घाइेत भए । उपचारको लागि परिवारले एमवाई अस्पतालमा ल्याए । अहिले भने उनको शल्यकृया सफल भएको छ ।

परिवारका सदस्यहरूका अनुसार शनिवार उनको घरमा दुई सहकर्मीले अन्य केही ब्यक्तिलाई पनि लिएर आएका थिए । उनीहरुले श्रीमतीलाई लैजान लागे । पतिले उनीहरूको विरोध गरे। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्नहरु भने पक्राउ परेका छैनन् ।

लोडसेडिङ हटाउने मास्टर प्लान मेरो हो ! कुलमान ल्याउने पनि मै हुँ : ऊर्जामन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूले ल्याएको ‘मास्टरप्लान’ कारणले लोडसेडिङ हटेको दावी गरेका छन् । उनले कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको पनि बताएका छन्।

अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा १२देखि १८ घण्टासम्म लोडसेडिङ भएको स्वीकार्दै आफूले ल्याएको ९९ बुँदे मास्टर प्लानबाटै लोडसेडिङ हटेको बताए । तिनै कामका कारण भारतबाट बिजुली ल्याएर लोडसेडिङ हटाएको पनि उनले बताए।

‘ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका प्राविधिकहरुलाई सोध्दा हुन्छ, ९९ बुँदे मास्टर प्लान कसले बनायो ? ढल्केबर-मुजाफरपुर, ढल्बेबर-हेटौंडा, ढल्केबर-खिम्ती प्रसाणलाइन कसले बनायो ?’ उनले १३, १२, ९ वर्षदेखि अल्भिmएका परियोजना आफूले २ महिनामै सकाएको दावी पनि गरे । त्यसबाटै लोडसेडिङ हटेको कुरा अहिले पनि प्राधिकरण र ऊर्जा मन्त्रालयका प्राविधिकहरुले भनिरहेको मन्त्री रायमाझीको तर्क छ।

‘कुलमानलाई प्राधिकरणमा ल्याउन सक्षम पूर्वसचिवहरुबाट मैले मूल्यांकन गराइरहेका थिएँ,’ उनले भने,’त्यही बेला सरकार ढल्यो, कुलमानको नियुक्तिमा हस्ताक्षर गर्न मात्रै जनार्दन -शर्मा) आईपुगेका हुन् । मैले सही गर्नै भ्याइनँ ।’ तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेलाई एकैपटक हटाउँदा रोक्ने गरी अदालतबाट अन्तिरिम आदेश हुनसक्ने भएकाले प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदै सरकार ढलेको पनि उनले दावी गरे।

 

 

 

 

 

 

३४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया