शनिबार ०५ आषाढ २०७८

काठमाडौ । दागं जिल्लाको घोराही उपमहानगर पालिकामा एउटा अनौठो घटना भएको छ । तीन वर्ष देखि आफ्नो श्रीमतीको अर्कै पुरुषसंग सम्बन्ध रहेको थाहा पाएपछि विवाह गरेर पठाइदिएका छन् । वैदेशि रोजगारीका लागि भारतमा बस्दै आएका खड्क बहादुर पुन मगरले आफ्नी श्रीमती अर्कैलाई विवाह गरिदिएका हुन् । उनी आफु भारतमै हुँदा श्रीमतीको अन्यत्र सम्बन्ध रहेको थाहा पाएपनि वास्ता गरेका थिएनन् ।

तर आफु घरमा आउँदा पनि श्रीमतीले ब्यवहार परिवर्तन नगरेपछि विवाह गरिदिएको बताए । उनले आफु घर आउँदा पनि श्रीमतीले उनैलाई सम्पर्क गर्न नछोडेको दावी गरेका छन् । उनी पुरुषका नाममा सहकारीवाट लाखौं रुपैय ऋण लिएको थाहा पाएपछि ति अर्का पुरुषको घरमै गएर सोध्दा सम्बन्ध स्वीकार गरेको उनको भनाई छ ।

श्रीमतीकै कारण लागेको ११ लाख रुपैया ऋण पनि तिर्ने सर्तमा उनले विवाह गराइदिएका थिए । तर अहिले ति महिलाले म त्यो ११ लाख रुपैया पनि तिर्दिन, मेरो अर्का पुरुषसंग सम्बन्ध पनि थिएन । अनाहकमा आरोप लगाएर विवाह गराइदिए भन्दै आरोप लगाएकी छन् । आफु भारतमा हुँदा श्रीमतीले उनै चौधरीको नामवाट सहकारीवाट २ लाख रुपैया निकालेको बताएको आफुले प्रमाण फेला पारेको बताए । देव बहादुरले गाउँका सबै ब्यक्तिको अगाडी आफ्नो सन्बन्ध भएको स्वीकार गरे । त्यसपछि गाउँका सबै मिलेर उनै चौधरीसंग पठाइदिएको बताएका छन् ।

कोभिडका कारण फोक्सोमा क्षति भए देखिन्छन् यस्ता लक्षण

कोरोना भाइरसको सङ्क्रमणका कारण सबैभन्दा ठूलो जटिलतामध्ये एक श्वासप्रणालीको समस्या हो ।

हालसम्म सङ्क्रमितमा फोक्सोको समस्या र फोक्सोमा हुने जटिलता गम्भीर कोभिडसँग सम्बन्धित सबैभन्दा ठूलो समस्या भइरहेको छ । जोन हपकिन्स मेडिसिनमा प्रकाशित एक रिपोर्टमा छोटो अवधि वा लामो अवधिको कोभिडसँग सम्बन्धित फोक्सोको जटिलताको लक्षण प्रारम्भिक दिनमा केही सरल सङ्केतहरूद्वारा निर्धारण गर्न सकिन्छ ।

सुक्खा खोकी कोभिडको लक्षण भनेर पनि चिनिन्छ । तर, अत्यधिक मात्रामा नरोकिने खोकी अनुभव भएमा वा सुरुमा सङ्क्रमण भएपछि दुईदेखि तीन हप्तासम्म पनि सुधार नभएमा यो फोक्सोमा भएको जटिलताको सङ्केत हुनसक्छ ।

फोक्सोमा कुनै प्रकारको सङ्क्रमण हुँदा वा फोक्सोको काममा बाधा पुग्दा सास फेर्न गाह्रो हुनु वा डिप्सनिया सामान्यतया देखिने एक समस्या हो ।

यसका कारण फोक्सोमा पर्याप्त अक्सिजनको प्रवाह हुन गाह्रो हुन्छ । सास फेर्न सङ्घर्ष गर्नुपर्ने, वा तीव्र छाति दुखाइ अनुभव भएमा गम्भीर कोभिड सम्बन्धित फोक्सो क्षति, वा एआरडीएस (एक्युट रेस्परेटरी डिस्ट्रेस सिन्ड्रोम) को सङ्केत हुन सक्छ । जुन फोक्सो बिग्रिँदै गएको सङ्केत पनि हो ।

फोक्सो वा छातिमा जटिलता हुँदा शरीरलाई सेप्सिस जस्ता अन्य रोग र घातक सङ्क्रमणहरूको सिकार हुन सजिलो हुन सक्छ । सेप्सिस हुँदा भाइरस रक्तप्रवाहमा प्रवेश गरी हृदय र फोक्सोको स्वस्थ टिश्यूहरूमा आक्रमण गर्न थाल्छ । सेप्सिसले विभिन्न अङ्गबीचको समन्वयलाई बाधा पुर्‍याउने गर्न सक्छ, जुन शरीरको कार्यका लागि महत्वपूर्ण हुन्छ । यसले स्थायी फोक्सोको क्षति पनि निम्त्याउन सक्छ ।

साइटोकाइन स्ट्रोम अर्थात् प्रतिरक्षा प्रणालीले गल्तीले स्वस्थ अङ्ग तथा कोषहरूमाथि आक्रमण गर्छ जुन श्वासप्रश्वासको जटिलताको सङ्केत हुन सक्छ । शरीरको प्रतिरक्षा अङ्गबाट भाइरस हटाउन अत्यधिक कार्य हुँदा शरीर अन्य सङ्क्रमण र क्षतिका लागि कमजोर हुँदै जान्छ । जसकारण लामो समयदेखि फोक्सोमा क्षति हुनुका साथै फोक्सोको कार्यमा बाधा पुग्ने हुन्छ ।

३२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया