बुधबार १३ आश्विन २०७८

काठमाडौ । विवाह भएको छोटो समयमा नै श्रीमान श्रीमतीको सम्बन्ध किन विग्रन्छ । श्रीमान श्रीमतीवाट अभिभावक बनिसकेर पनि सम्बन्ध विग्रदा त्यो बच्चाको भविष्य के होला ? पूर्व नेपाली सेनाका जवाफ जसले प्रेम विवाह गरे । विवाह पछि उनले परिवारकै सल्लाहमा जागिर छोडेर वैदेशिक रोजगारीका लागि उनी वाहिर गए । पार्वती रावल सुर्खेत माइत रहेकी उनी विवाह गरेर महादेव खड्कासंग विवाह गरेर महेन्द्रनगर पुगेकी थिइन् । उनीहरुको प्रेम विवाह भएको थियो ।

पार्वतीको भिनाजु पनि सेनामै थिए । उनी भिनाजुलाई भेट्न जाँदा महादेवले देखेका थिए । महादेवले नै पार्वतीका भिनाजुसंग उनका बारेमा सबै बुझेका थिए । भिनाजु मार्फत चिनजान भएर उनीहरुको विवाह भएको हो । उनीहरुको काठमाडौमा चिजान भएको हो । रामवहादुर विष्ट उनको भिनाजुको नाम हो । तलेजु भवानीमा महादेवले ड्युटी गर्थे । आफ्नो वुवाको निधन भएका कारण भिनाजुलाई नै उनले अभिभावकका रुपमा लिएकी थिइन् । त्यसैले भिनाजुले महादेवले प्रेम प्रस्ताव राखेको बताएका थिए ।

त्यतीबेला भिनाजुले महादेवका बारेमा राम्रै कुरा गरेपछि उनले विवाह गर्ने निधो गरिन् । घरवाटै भब्य विवाह गर्ने तयारी गरेकै बेलामा पार्वती गर्भवती भइन् । त्यसपछि उनीहरुले मन्दिरमा गएर विवाह गरेका थिए । विवाह पछि महादेवको मोवाइलमा युवतीहरुको फोन आएको थाहा पाएपछि उनले सोधिन् । विवाह भएको केही समयमै अर्की महिलाले महादेवलाई आफ्नो श्रीमान भनेर दावी गर्दै कानुनी प्रकृयामा जाने बताइन् । पार्वती गर्भवती भएको तीन महिनामा श्रीमानलाई अर्को महिलाले फोन गरेर महादेव मेरो श्रीमान हो उनीसंग मेरो ५ वर्षको बच्चा छ भनेर श्रीमानलाई फोन गरेको आफुले सुनेको बताइन् ।

त्यसपछि ति महिलाले आफु प्रहरी इन्सपेक्टर हो भन्दै ज्यान लिने ध म्की दिएको बताइन् । तर केही समय पछि त्यो कुरा त्यसै सेलाईपछि उनी अब परिवारको लागि सेनाको जागिरले पुग्दैन म भिक्टोरिया जान्छु भनेर सल्लाह गरेपछि उनले आफ्नो गहना बेचेर विदेश पठाएकी हुन् । उनले त्यसका लागि १० लाख रुपैया जम्मा गरेकी थिइन् । तर विदेश गएपछि पनि राम्रै सम्बन्ध भएक श्रीमानले अचानक विवाह गरेको खबर उनले देवरवाट थाहा पाइन् । उनले काठमाडौमा आएर अर्काको भाँडा माझेर छोरी हुर्काएर बसेकी थिइन् । मध्यरातमा देवरले फोन गरेर दाईको त विवाह भयो भनेर अर्की महिलासंगको तस्बिर पठाएको बताइन् ।

पदमचाल के हो ? यसको औषधीय गुण जान्नुहोस

काठमाडौं– नेपालको हिमाली क्षेत्रमा पाइने पदमचालबारे धेरैलाई थाहा नहोला । यो एक किसिमको जडीबुटी हो । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ ।

नेपालको ३००० मिटर देखि ४००० मिटर सम्मको हिमाली भेगमा पदमचालका विरुवाहरु आफै उम्रिएका हुन्छन् । यसको व्यवसायिक खेती भने हालसम्म भएको पाइँदैन । स्थानीयहरुले यसलाई विभिन्न दवाईका रुपमा प्रयोग गर्दै आएका हुन्छन् । बोटलाई अचारका रुपमा पनि खाने गरिन्छ ।

अमिलो हुने यो विरुवाको बोटसँगै जरामा धेरै औषधिय गुण हुन्छ । पछिल्लो समय यसलाई जडिबटी संकलन कर्ताहरुले जरा किनेर भारत, चीन लगायतका मुलुकमा निर्यात गर्ने गरेका छन् ।

पदमचाल विशेष गरी फिरफिरे, गोब्रे सल्ला जस्ता रुखहरुको छेउछाउमा, थुम्कामा, केही खुला ठाउँ, ढुङ्गाको अन्तर तिर पाउन सकिन्छ। येसको बिरुवा साधरणतया एक देखि दुई मिटरसम्मको अग्लो हुन्छ। येसको जरा र जमिन मुनि हुने कान्ड कसिलो र गठिलो हुन्छ भने बाहिरी भाग केही चाउरी परेको हुन्छ।

यसबाट सुगन्धित वास्ना पनि आउँछ। यसका पात हरु करीब करीब ३० सेन्टीमिटरको हुन्छन। पदमचालको फूलहरु साना र रातो रङ को हुन्छ। पदमचाल विशेषत नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङ लगायतका जिल्लामा पाउने गर्छ ।

के हुँदा कसरी गर्ने ?

कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सिकन्छ । शरीरमा जलन भएमा यसकाे रस बनाएर पिउँदा शरीरलाई शितलता प्रदान गर्छ ।

यसको डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

त्यस्तै, शरीरको कुनै भाग सुन्नियेको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाइको गहुतसग मिसाइ लगाउनाले फाइदा गर्दछ। साथै पदमचालको पात, डाठ, फुललाइ अचार तथा तरकारीमा पनी प्रयोग गरिन्छ

३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया