शुक्रबार ०४ आषाढ २०७८

बर्दिया – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झ म्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झ म्टेर लगेको निकुञ्जले जनाएको छ ।आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चो ट लागेको छ ।बाघले आ क्र म ण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाकाे खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।तर अझैसम्म पनि महिलाकाे अवस्था पत्ता नलागेकाे उहाँले बताउनुभयो । अबदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।

होसियार ! क्यान्सर जस्तो खतरनाक रोग निम्त्याउँछ यी ५ खानाको बढी सेवन गर्नाले

१.तारेको खानेकुरा
तारेको खानेकुरा बढी खाइयो भने शरीरमा एक्रिलामाइड नामक तत्वको सञ्चय बढ्छ, जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमता कम गरिदिनेदेखि क्यान्सर लगाउनेसम्मको जोखिम बढाउँछ । उसिनेको खानामा एक्रिलामाइड तत्व कम हुन्छ । त्यसैले उसिनेको परिकार लाभदायक हुन्छ ।

२.रातो मासु
सुंगुर र खसीको फलमासु खान मज्जा आउँछ । तर, यस्तो रातो मासु बढी खाने गर्नाले क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । बार्बिक्यू गरिएका मासु र ससेजजस्ता मांस परिकार बढी खाने गर्नाले पनि क्यान्सरको जोखिम बढी हुन्छ । रातो मासु दिनमा १ सय ४० ग्रामभन्दा बढी खानु हुँदैन ।

३.नुन
दिनमा छ ग्रामभन्दा बढी नुन खानु हुँदैन । नुन बढी खाने गर्नाले उच्च रक्तचाप र हृदयाघातको मात्र नभई क्यान्सरको जोखिम पनि बढी हुन्छ ।

४.बोसोयुक्त मासु
बोसोयुक्त मासु र जनावरको बोसो हालेर बनाइएको चिज, बटरजस्ता खाना भरिसक्के खानु हुँदैन । यस्ता खानाले क्यान्सर हुने जोखिम बढाउँछन् । मासुको सट्टा माछा खानु उपयुक्त हुन्छ ।

५. रक्सी तथा चुरोट
रक्सीको लत लागेको छ भने दुई पेगभन्दा बढ्ता नखाने गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । बढी रक्सी खाने गर्नाले मुख, पाठेघर र स्तनसम्बन्धी क्यान्सर हुने जोखिम बढी हुन्छ । त्यसै चुरोट खाने मानीसलाई फोक्सोमा क्यान्सर हुने सम्भावना बढि हुन्छ

भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन् पति

काठमाडौँ । विवाहित हिन्दु महिलाहरुले सिन्दुर लगाउने गर्दछन् । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । महिलाले सिन्दुर लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास समेत रहिआएको छ । हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ । यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।

विवाहित महिलाले सिन्दुर लगाउनु अघि शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ । यसो गर्नाले धन बृद्धि हुँने बताइन्छ ।

शास्त्रमा उल्लेख भए अनुसार नगरे श्रीमानको प्रगतीमा रुकावट आउँने ,धन हानी,खर्च बढ्ने र ऋण लाग्ने बताइन्छ ।

निकै राम्रो छ यी ९ राशिका लागि असोज महिना, तपाईको कुन ?

त्यसकारण सिन्दुर लगाउनु अघि यी कुरामा ध्यान दिनु जरुरी छ

१.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन ।

२.आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन ।

३.यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।

२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया