शुक्रबार ०४ आषाढ २०७८

काठमाडौ । आफ्नै श्रीमानले भारतमा लगेर बेचेको घटना सार्वजनिक भएको छ । श्रीमानसंग भारत गएकी उनलाई श्रीमानले नै बेचेर आए पछि उनी भागेर नेपाल आइपुगिन् । श्रीमानले भारतमा अरु पुरुषसंग सम्बन्ध राख्न समेत लगाएको महिलाले बताएकी छन् । धनगढीकी महिला अहिले भागेर नेपाल आएपछि घटनावारे जानकारी गराएकी छन् । छोरासंगै भारत गएकी महिललाई छोरासंगै बेचेको महिलाले बताएकी छन् । आफु बेचिएको उनले सोही दिन थाहा पाएको बताएकी छन ।

विवाह गरेर घरमा गएपछि उनलाई घरमा पनि परिवारका सदस्यले निकै दुख दिने गरेका थिए । परिवारमा निकै दुख सहेकी उनलाई श्रीमानले भारतमा लिएर गएका थिए । भारतमा गएपछि उनलाई श्रीमानले रातीमा काममा जान पठाए । जसको घरमा काम गर्न गइन् उनले तँलाई तेरो श्रीमानले बेचेर नेपाल फर्किसक्यो भनेर सुनाएपछि थाहा पाएको बताइन् । अहिले उनी अस्वास्थ्य छन् । मुटुको विरामी उनी उपचार गराउन चाहन्छिन् । तर नेपाल आएपछि उनले आफुलाई न्याय दिन कसैले सहयोग नगरेको बताइन् ।

नेपालमा भएको घर र सम्पत्ती सबै बेचेर उनले अब म तँलाई सुख दिन्छु भारत लगेर बसौं भनेर छोरा सहित उनी श्रीमानको साथ लागेर गइन् । उनले विश्वास गरेर भारत गएपछि, यसरी बेच्छ होला भनेर शंका पनि लागेन । उनी भारतमा पुगेपछि सुरुमा निकै माया गरेको देखाए । तर पछि तिमी रातमा अर्कैको घरमा जाउ भनेर काम गर्न जाँदा त्यो पुरुषले अब तँ मेरो श्रीमती भएर बस्नुपर्छ । तेरो श्रीमानले तँलाई साढे २ लाखमा बेचेको हो भनेर सुनाएपछि आफु त्यहाँवाट भागेको बताइन् । उसको बच्चा स्कूलवाट लिएर आउँछु भन्ने वहाना बनाएर उनी घरवाट निस्केर छोरा लिएर भागेको बताइन् ।

उनले छोरा लिएर भाग्दाको अवस्था सम्झिदा अहिले पनि रुन्छिन् । यता घरमा बुवाको निधन भएको थियो । आमासंग सम्पर्क गर्ने फोन पनि थिएन । भारतको रेलको लिकमा आएपछि उनी भक्कानिएर रोइन् सबैले सुन्नेगरी अनि कसैले उनलाई सहयोग गरेर हिमाञ्चलसम्म आइपुगिन् । श्रीमान एउटा छोरा र एउटा छोरी लिएर उनलाई र कान्छो छोरालाई बेचेर नेपाल आएको बताइन् ।

आइतबार बिहानै सूर्य देवताको पूजा गर्दा मिल्नेछ यस्ता लाभ

सनातन धर्ममा हरेक दिन वा बार धर्म शास्त्रअनुसार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ। आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

पूजा गर्ने बिधि : आइतबारको दिन बिहान छिटै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ। पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।

त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्।।

ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस् । यसो गर्दा सुर्य दो.ष ना.श हुने भनाई छ।

 

३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया