शनिबार ०५ आषाढ २०७८

सुर्खेत । लेकबेसी नगरपालीका वडा नं. १ को जहरे भन्ने ठाउँमा एउटा यस्तो कथा छ । जुन कथा कल्पनिक होइन । जुन कथा परिकल्पना गरिएर कोरिएको होइन । यो वास्तविक मानिसको वास्तविक कथा हो । जस्मा दुःख उस्तै छ । पिडाको त के कुरा गर्नु ? सही नसक्नु नै छ । साहारा, सहयोग र साथको पर परसम्म कुनै नाता छैन । यो कथा हो बाबु र छोरीको कथा । जुन कथा मार्मिकता अलिअलित मात्र हैन पुरै जुनी भरिलाई पुग्नेगरी भरिएको छ ।

एउटा सानो झुप्रो जस्मा सानो भन्दा पनि अति नै सानो परिवार । जुन परिवारमा केवल बाबा र छोरीको मात्रै बसाई छ । आमाले सानैमा ती छोरी मायालाई र श्रीमानलाई छोडेर अर्कैसंग बिहे गरी गएपछि माया एक्लो मात्र बनीन् । उनी साहारा बिनाको जीवन जिउँदै छिन् । उनको पुरा नाम हो माया बुढा मगर । उनी उमेरले अहिले २० वर्ष लागेकी छन् । तर उनको मानसिक अवस्था भने सामान्य मानिसको जस्तो छैन । उनी सुस्त मनस्थितिकी माया हुन् ।

उनै मायाका बाबुको कुरा गर्ने हो भने उनी केवल एक्लो मायाको आफन्त हुन् जो नातामा मायाको आफ्नै बुवा हुन् । तर माया बुवा जीउँदै हुँदाहुँदै पनि आफ्नै घरमा असुरक्षित छिन् । मायाकोलागी हेरक दिन पनि रात जस्तै छ । रात झन् रात नै भैहाल्यो । मायाको बुवा गंग बहादुर जुन सुकै समय र ‘क्सिको तालमा मा’तिरहेका हुन्छन् । उमेरले ५६ जति लागेका गंग बहादुर गाउँमा जहाँ काम गर्न जान्छन् उतै र क्सिले मा’तेर कि त रात बिताई दिन्छन् कि त मा’तेरै घरमा राती आउँछन् ।

​छोरी सुस्त मनस्थितिकी छ म समयमै घर जानु पर्छ भन्ने सोंचाई गंग बहादुरमा कहिल्यै आएन । आएको हुँदो हो त सायद माया गाउँका केटाहरुबाट असुरक्षित हुनु पर्ने थिएन । गाउँलेले त यति सम्मको भन्ने गर्दा रहेछन् कि मातेको तालमा गंग बहादुरले पनि आफ्नै छोरी मायालाई शा’री’रि’क स’म्प’र्क गरेका छन् । यो कुरा कत्तिको साँचो हो त्यो उनै बाबु जानुन् । तर मायाको अवस्था हेर्दा जो कोहीको आँखा आँशुले रसाउँछ । आफुलाई जस्ले जे गर्दा पनि प्रतिकार गर्न नसक्ने मायाको दुःखदायी कथा यस्तो छ । भिडियोसहित

यो पनि पढ्नुहोस्

मेष

बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

बृष

अधिकार प्राप्तीका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य समस्या बल्झिन सक्छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तबाट टाढिनु पर्न सक्छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला । निर्णय लिनुअघि अग्रजको सल्लाह लिनु उपयुक्त हुनेछ ।

मिथुन

पारिवारिक वातावरण तपाईंको अनुकूल छैन । खर्च अनुरूपको आम्दानी नहुँदा आर्थिक पक्ष कमजोर रहनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। प्रेममा खटपट हुन सक्छ । नजिकको मित्रबाट पनि धोका हुन सक्छ । पितासँगको सम्बन्ध सुधार हुनेछ ।

कर्कट

मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । छातीसम्बन्धी समस्या देखिन सक्छ ।

सिंह

आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मन उत्ताउल हुन सक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । सरसामान हराउन सक्ने भएकाले साबधानी अपनाउनु होला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ ।

कन्या

शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । सरकारी निकायको भय रहला । चोटपटकको भय पनि रहेकाले साबधानी रहनु होला । शुभ समाचार सुन्न पाइनेछ ।

तुला

लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।

बृश्चिक

धार्मिक यात्राको योग छ । अधुरा कामले पूर्णता पाउन सक्छ । पेटसम्बन्धी समस्या हुन सक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । प्रेमी प्रेमिकाबीच कशिलो सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्र मध्यम नै रहनेछ ।

धनु

काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साथीभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ ।

मकर

नयाँ अवसर आउनाले मन प्रफुल्ला हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सद्भाव रहनेछ । राजनीतिक तथा पेशागत क्षेत्रमा पदोन्नतीको योग छ । खर्च बढ्नाले आर्थिक पक्षले सताउन सक्छ । सन्तान सुखको योग छ ।

कुम्भ

नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला । बोलीको प्रभाव पनि बढ्नेछ । विपरित लिंगितर्फ आकर्षण बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मीन

अनुहारमा कान्ती र मनमा शान्ति छाउनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् ।

३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया