शुक्रबार ०१ आश्विन २०७८

एजेन्सी : विवाह बन्धनलाई सबैभन्दा पवित्र बन्धन मानिन्छ । विवाहमा दुलाहा-दुलही एक अर्काको साथमा सात जन्मसँगै हुने कसम खाने गर्छन् । तर अमेरिकामा आफ्नै भाई-बहिनीकोबीचमा विवाह भएको छ । यो घटना अमेरिकाको वाशिंगटनमा भएको हो । जहाँ एक विवाहित जोडी विवाह भएको ३३ वर्षपछि दाजुबहिनी भएको कुरा सार्वजनिक भएको छ ।

उनीहरु विवाह भएको ३३ वर्षसम्म पनि छोरा-छोरी नभएपछि सन्तानको चाहानामा एउटा क्लिनिकमा गए । डाक्टरले उनीहरुको बच्चा नभएको कारणको अनुसन्धान गर्ने क्रममा ल्याब असिस्टेन्टमा धेरै समानता भएको कारण उनीहरुको नाता श्रीमान-श्रीमती भन्दा अगाडि पनि झनै निकट सम्बन्ध भएको बताए ।

अनुसन्धानका क्रममा उनीहरु आफ्नै दाजु-बहिनी भएको कुरा पत्ता लागेको हो । उनीहरु जुम्ल्याहा सन्तानको रुपमा एउटै आमाबाट जन्मिएका थिए । जब डाक्टरले उनीहरुको जन्ममिति हेरे तब उनीहरु सन् १९८४ मा जुम्ल्याहा सन्तानको रुपमा जन्मिएको पत्ता लागेको हो । जब डाक्टले यो कुरा उनीहरुलाई बताए तब उनीहरु विश्वास नलागेर जोडले हाँस्न थाले । उनीहरुलाई पहिला पनि साथीहरुले उनीहरुको जन्ममिति एउटै भएको र अनुहार पनि एउटै भएको कारण शंका गरेका थिए ।

तर उनीहरुले साथीहरुको कुरामा पनि विश्वास नलागेर संयोगमात्र भएको बताएका थिए । उनीहरुका आमाबुबाको एक दुर्घटनामा मृत्यु भएको थियो । अभिभावकको मृत्यु भएपछि उनीहरुलाई राज्यले रेखदेख गरेको थियो । राज्यले हुर्काएका कारण उनीहरु एक आपसमा कसैलाई नचिनेर विवाह गर्न पुगेका थिए

रुखा-खोकी लाग्दा अपनाउनुहोस् यी ६ चमत्कारी उपाय,केही मिनेटमै खुल्छ बन्द रहेको नाक

काठमाडौँ । रुघा लागेको बेला नाक बन्द भयो भने जसलाई पनि सकस हुन्छ। सास लिन असहज हुने र सुत्दा झनै कष्टप्रद हुने भएकाले जोकोही यसबाट चाँडै मुक्ति चाहन्छन्।बन्द भएको नाक खुलाउनका लागि डाक्टरी दवाई भन्दा घरेलु विधि बढी प्रभावकारी हुन्छन्। यहाँ यस्ता केही विधिहरुबारे जानकारी दिने प्रयास गरिएको छः

वाफ लिने:चिसोले यदि नाक बन्द भयो भने पानीलाई उमालेर वाफ लिनुस् । यो प्रभावकारी तरिका हो । यसले तुरुन्तै आराम हुन्छ। पानीमा आयोडिनका केही थोपा वा भिक्सको क्याप्सुल पनि राख्न सकिन्छ।यसबाट झन् बढी फाइदा मिल्छ । तपाईं चाहनुहुन्छ भने यसमा आफूलाई मन पर्ने वास्नादार तेल पनि हाल्न सक्नुहुन्छ। वाफ लिँदा सफा कपडाले आफूलाई गम्लङ्ग छोप्नुपर्छ।

मनतातो पानी नाकमा हाल्ने:पानीलाई मनतातो हुने गरी तताएर यसको केही थोपा नाकमा हाल्नाले चाँडै आराम मिल्छ। मनतातो पानीको केही थोपा ड्रपरमा लिनुस र टाउकोलाई पछाडि ढल्काएर दुई-तीन थोपा नाकमा हाल्नुस्। त्यसपछि टाउको सिधा गरेर पानीलाई बाहिर निकाल्नुस्।

नरिवलको तेल:नरिवलको तेललाई औंलामा लगाएर नाकमा भित्रसम्म लगाउनुस् र लामो सास लिनुस्। केहीबेरमै तपाईंको नाक खुल्नेछ। ड्रपरको मद्दतले पनि तपाईं नरिवलको तेलको केही थोपा नाकमा हाल्न सक्नुहुन्छ।

टमाटर सुप:तातो–तातो टमाटर सुप बनाएर पिउँदा पनि बन्द नाकलाई राहत मिल्छ। टमाटरको सुपमा लसुन, कागतीको रस र नुन मिलाउनुस्। यसका अलावा काँचो प्याज खानाले पनि बन्द नाक खुल्न सक्छ।

कागती चिया:कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने नाक खुल्छ।

मह:महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ। एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस्।

तुलसीको पात:बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ।

दालचिनीलगायताका मसला:दालचिनी, मरिच, सुकमेल, जिरालाई बराबर मात्रामा मिलाएर तताउनुहोस्। त्यसपछि त्यसलाई कपडामा बाँध्नुहोस् । बेला बेलामा त्यसलाई सुँध्नुहोस्। यसो गर्दा नाक खुल्ने गर्छ।

अदुवा:अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने।

४११ पटक हेरिएको

तपाईको प्रतिक्रिया