बुधबार १३ आश्विन २०७८

गर्भवती महिलाको जस्तो पेट भएपछि श्रीमतीले पनि छाडिन;पूरा भिडियो हेर्नुस्

रुखा-खोकी लाग्दा अपनाउनुहोस् यी ६ चमत्कारी उपाय,केही मिनेटमै खुल्छ बन्द रहेको नाक

काठमाडौँ । रुघा लागेको बेला नाक बन्द भयो भने जसलाई पनि सकस हुन्छ। सास लिन असहज हुने र सुत्दा झनै कष्टप्रद हुने भएकाले जोकोही यसबाट चाँडै मुक्ति चाहन्छन्।बन्द भएको नाक खुलाउनका लागि डाक्टरी दवाई भन्दा घरेलु विधि बढी प्रभावकारी हुन्छन्। यहाँ यस्ता केही विधिहरुबारे जानकारी दिने प्रयास गरिएको छः

वाफ लिने:चिसोले यदि नाक बन्द भयो भने पानीलाई उमालेर वाफ लिनुस् । यो प्रभावकारी तरिका हो । यसले तुरुन्तै आराम हुन्छ। पानीमा आयोडिनका केही थोपा वा भिक्सको क्याप्सुल पनि राख्न सकिन्छ।यसबाट झन् बढी फाइदा मिल्छ । तपाईं चाहनुहुन्छ भने यसमा आफूलाई मन पर्ने वास्नादार तेल पनि हाल्न सक्नुहुन्छ। वाफ लिँदा सफा कपडाले आफूलाई गम्लङ्ग छोप्नुपर्छ।

मनतातो पानी नाकमा हाल्ने:पानीलाई मनतातो हुने गरी तताएर यसको केही थोपा नाकमा हाल्नाले चाँडै आराम मिल्छ। मनतातो पानीको केही थोपा ड्रपरमा लिनुस र टाउकोलाई पछाडि ढल्काएर दुई-तीन थोपा नाकमा हाल्नुस्। त्यसपछि टाउको सिधा गरेर पानीलाई बाहिर निकाल्नुस्।

नरिवलको तेल:नरिवलको तेललाई औंलामा लगाएर नाकमा भित्रसम्म लगाउनुस् र लामो सास लिनुस्। केहीबेरमै तपाईंको नाक खुल्नेछ। ड्रपरको मद्दतले पनि तपाईं नरिवलको तेलको केही थोपा नाकमा हाल्न सक्नुहुन्छ।

टमाटर सुप:तातो–तातो टमाटर सुप बनाएर पिउँदा पनि बन्द नाकलाई राहत मिल्छ। टमाटरको सुपमा लसुन, कागतीको रस र नुन मिलाउनुस्। यसका अलावा काँचो प्याज खानाले पनि बन्द नाक खुल्न सक्छ।

कागती चिया:कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने नाक खुल्छ।

मह:महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ। एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस्।

तुलसीको पात:बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ।

दालचिनीलगायताका मसला:दालचिनी, मरिच, सुकमेल, जिरालाई बराबर मात्रामा मिलाएर तताउनुहोस्। त्यसपछि त्यसलाई कपडामा बाँध्नुहोस् । बेला बेलामा त्यसलाई सुँध्नुहोस्। यसो गर्दा नाक खुल्ने गर्छ।

अदुवा:अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने।

यस्ता जटिल रोग र समस्याको समाधान गर्न दैनिक खानुहोस अंगुर।मिल्नेछ नसोचेको लाभ

काठमाडौँ । अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अनेकौं रोगबाट अंगुरले जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ ।

माइग्रेन:माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ ।

रक्ताल्पता:शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ ।

हृदयघात:हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।

क्यान्सर:अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

रक्तस्राव:शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

फोकाफोकी:अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ ।

३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया