शनिबार ०५ आषाढ २०७८

काठमाडौ । श्रीमान श्रीमतीको सम्बन्धमा कोही तेस्रो ब्यक्ति आयो भने सम्बन्ध विग्रन्छ । तर तपाईले अनुमान लगाउन सक्नुहुन्छ कोही श्रीमानले पैसाको लागि श्रीमतीलाई अरुसंग सम्पर्क गर्न पठाउँछ ? यह काभ्रेमा त्यस्तै जोडी पक्राउ परेका छन् । आफ्नै श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर सम्पर्कका लागि तयार भए पछि रकम बार्गेनिङ्गर्ने र रकम नदिए ज्यान लिने योजना बनाएको घटना सार्वजनिक भएको छ । प्रहरीले त्यस्तो काममा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती सहित ३ जनालाई प’क्राउ गरेको छ । घटनामा संलग्न अन्य २ जना भने सम्पर्कमा छैनन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरीले सो घटनामा अनुसन्धान गरेका छन् । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका १८ बर्षिय आकाश परियार उनकै श्रीमती २१ बर्षिया सविना तामाङ परियार र रोशी गाउँपालिका वडा नम्वर १२ भिमखोरी माईती भई बनेपामा डेरा गरी बस्ने उमा परियारलाई प्रहरीले प’क्राउ गरेको हो । उमाका श्रीमान र भाईलाई प्रहरीले खोजिरहेको छ ।

राति ९ बजेको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका २२ बर्षिय राजकुमार दनुवारलाई अ पह’रणमा परेको घटना अनुसन्धान गर्दै जाँदा उनीहरुको यस्तो खेलका बारेमा पोल खुलेको हो । ति युवकलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने ३, ४ जना युवाहरुको समुहले लिएर गएको सूचना प्रहरीलाई आएको थियो । प्रहरीले राजकुमारलाई उद्धार गरेपछि घटनाको नयाँ पाटो खुलेको हो ।

श्रीमानहरुकै योजनानामा उमा र सविनाले अन्य युवकसंग फोन र फेसवुकमा कुराकानी गर्ने । युवकलाई सम्बन्धका लागि आफै उक्साउने र युवकहरु सम्बन्ध राख्न राजि भएपछि पैसा माग्ने काममा सकृय थिए । यस्तै योजनाका साथ राजकुमार र सविनाको मोवाईलबाट चिनजान भएको थियो । म्यासेन्जर च्याटमा सविनाले नै राजकुमारलाई सम्बन्ध राख्ने प्रस्ताव राखिन् । उनले बोलाएपछि भाद्र २४ गते दिउसो राजकुमार घरबाट बनेपा आए । त्यसपछि सविनाले पैसाको बार्गेनिङ्ग गरिन् । पैसामा कुरा मिलेपछि अरनिको राजमार्गको २८ किलोबाट उमा र सविना राजकुमारसँगै बुडोल माथी रहेको जंगलमा पुगे ।

रुखा-खोकी लाग्दा अपनाउनुहोस् यी ६ चमत्कारी उपाय,केही मिनेटमै खुल्छ बन्द रहेको नाक

काठमाडौँ । रुघा लागेको बेला नाक बन्द भयो भने जसलाई पनि सकस हुन्छ। सास लिन असहज हुने र सुत्दा झनै कष्टप्रद हुने भएकाले जोकोही यसबाट चाँडै मुक्ति चाहन्छन्।बन्द भएको नाक खुलाउनका लागि डाक्टरी दवाई भन्दा घरेलु विधि बढी प्रभावकारी हुन्छन्। यहाँ यस्ता केही विधिहरुबारे जानकारी दिने प्रयास गरिएको छः

वाफ लिने:चिसोले यदि नाक बन्द भयो भने पानीलाई उमालेर वाफ लिनुस् । यो प्रभावकारी तरिका हो । यसले तुरुन्तै आराम हुन्छ। पानीमा आयोडिनका केही थोपा वा भिक्सको क्याप्सुल पनि राख्न सकिन्छ।यसबाट झन् बढी फाइदा मिल्छ । तपाईं चाहनुहुन्छ भने यसमा आफूलाई मन पर्ने वास्नादार तेल पनि हाल्न सक्नुहुन्छ। वाफ लिँदा सफा कपडाले आफूलाई गम्लङ्ग छोप्नुपर्छ।

मनतातो पानी नाकमा हाल्ने:पानीलाई मनतातो हुने गरी तताएर यसको केही थोपा नाकमा हाल्नाले चाँडै आराम मिल्छ। मनतातो पानीको केही थोपा ड्रपरमा लिनुस र टाउकोलाई पछाडि ढल्काएर दुई-तीन थोपा नाकमा हाल्नुस्। त्यसपछि टाउको सिधा गरेर पानीलाई बाहिर निकाल्नुस्।

नरिवलको तेल:नरिवलको तेललाई औंलामा लगाएर नाकमा भित्रसम्म लगाउनुस् र लामो सास लिनुस्। केहीबेरमै तपाईंको नाक खुल्नेछ। ड्रपरको मद्दतले पनि तपाईं नरिवलको तेलको केही थोपा नाकमा हाल्न सक्नुहुन्छ।

टमाटर सुप:तातो–तातो टमाटर सुप बनाएर पिउँदा पनि बन्द नाकलाई राहत मिल्छ। टमाटरको सुपमा लसुन, कागतीको रस र नुन मिलाउनुस्। यसका अलावा काँचो प्याज खानाले पनि बन्द नाक खुल्न सक्छ।

कागती चिया:कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने नाक खुल्छ।

मह:महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ। एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस्।

तुलसीको पात:बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ।

दालचिनीलगायताका मसला:दालचिनी, मरिच, सुकमेल, जिरालाई बराबर मात्रामा मिलाएर तताउनुहोस्। त्यसपछि त्यसलाई कपडामा बाँध्नुहोस् । बेला बेलामा त्यसलाई सुँध्नुहोस्। यसो गर्दा नाक खुल्ने गर्छ।

अदुवा:अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने।

३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया