शनिबार ०५ आषाढ २०७८

काठमाडौँ । किड्नी मानिसको शरीरको एक महत्वपूर्ण अंग हो । किड्नी शरीरको अतिरिक्त पानीको साथमा हानीकारक र विषाक्त पदार्थलाई पनि बाहिर निकाल्नमा मदत गर्दछ । र हाम्रो शरीरमा बगेको रगतलाई सफा र स्वच्छ राख्दछ ।

हाम्रो शरीरमा २ वटा किड्नी हुन्छन् । हाम्रो शरीरको एक किड्नीले काम नगर्दा दास्रो किड्नीले पनि काम चल्दछ । आजकलको गलत जीवनशैली र गलत खानपानको कारणले अधिकांश मानिसको कम उमेरमा नै किड्नी फेल हुने समस्या देखिन्छ । किड्नि फेल हुनभन्दा पहिला शरीरले यस्तो संकेत देखाउँदछ । आउनुहोस् जानौँ ती संकेत के के हुन् त रु

यदि पिसाब गर्ने बेलामा पिसाबमा रगत देखिएमा किड्नी खराब भएको संकेत बुझाउँदछ । यस्तो अवस्थामा तपाई युरोलोजिस्टलाई सम्पर्क गर्नुहोला ।

यदि तपाईको तौल अचानक बढ्दै आएको छ भने र शरीरको अंग सुनिदै आएको छ भने सावधान रहनुहोस् । यो संकेत किड्नी खराब भएको हुनपनि सक्छ ।

यदि तपाईलाई बढि पिसाब लागीरहन्छ या त कम लाग्छ । र रातको समयमा पनि बारम्बार पिसाब लागिरहन्छ भने यो किड्नी अस्वस्थ हुनुको कारण हो ।

किड्नी खराब हुनुको कारणले दिमागको अक्सिजनमा पनि कमी आउन सक्छ । जसको कारणले त्यस व्यक्तिको स्वभावमा मासिनस बोल्दा चर्को आवाजमा बोल्नु,झनक्क रिसाउनु र एकाग्रतामा कमि आउनु हुनसक्छ

किड्नी खराब हुनाले फोक्सोमा पानी जम्ने समस्या पनि हुनसक्छ । र फोक्सोको कार्य क्षमतामा पनि प्रभाव पर्दछ । यस्तो हुनाले सास लिनमा समस्या आउछ । यदि यस्तो लक्षण तपाईमध्ये कसैलाई पनि देखिएमा अनदेखा नगर्नुहोला बरु तुरुन्त डाक्टरकोमा चेकअपको लागी जानुहोला ।

स्रोत (दैनिक भास्कर हिन्दी)

गर्भवतीले खानै नहुने फल मेवा, अरु कुन अवस्थामा नखाने ?

मेवा सर्वत्र पाइने फल हो । यो प्राय: तराईमा पाउने गरिन्छ । यसमा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई लाभ पुर्याउने तत्व पाइन्छ ।

कतिपय अवस्थामा मेवाको सेवन हानिकारक पनि हुनसक्छ । सबै अवस्थामा भन्दा पनि कुनै समयमा मेवाको सेवन शरीरका लागि घातक हुन सक्छ ।

१. मेवाको सबैभन्दा बढि हानी हुने भनेको गर्भवती महिलाका लागि हो । मेवाले गर्भाशयलाई संकुचित पार्ने भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्दछ ।

२. मेवाको सेवन केवल गर्भावस्थामा मात्र होइन सन्तान भएपछि पनि हानिकारक हुन्छ । मेवामा हुने पापेन नामक विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैले बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनु हुँदैन ।

३. क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।

४. मेवाको सेवनले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर मधुमेहका साथै रक्तचापका रोगीहरुले मेवाको सेवन भुलेर पनि गर्नुहुँदैन ।

५. मेवामा उच्च मात्रामा भिटामिन सी हुने भएकाले यसको सेवनले मृगौलामा पत्थरी हुने सम्भावना निम्त्याउँछ ।

६. पेटमा समस्या भएका वा झाडापखला लागेका मानिसले मेवाको सेवन गर्दा झन् पखाला लाग्ने सम्भावना हुन्छ ।

७. मुटु रोग र औषधी सेवन गरिरहेका मानिसले समेत मेवाको सेवन गर्नु हुदैन । साथै दिनमा एकभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ ।

 

३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया