शुक्रबार ०४ आषाढ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको बताएका छन्।

प्रधानमन्त्रीनिकट समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्रीले असली नेकपा आफैं भएको दाबी पनि गरे।

‘हिजो निर्वाचन आयोगबाट प्राप्त गरेँ। उहाँहरूले निवेदन हाल्नुभएको रहेछ हामी सक्कली हो भनेर। बरमझियाको पेडा पसल हो र सक्कली र नक्कली भन्नलाई?,’ ओलीले भने।

अहिले प्रचण्ड-माधव नेपाल असली हुँ भन्दै पेरिसडाँडा गएको भन्दै उनले त्यस्तो प्रश्न गरे।

‘हिजो निर्वाचन आयोगले मलाई सोध्यो, जसको घर हो त्यो निवेदन हाल्न जान्छ, जसको जमिन हो मेरो जमिन हो भनिरहन्छ? यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ?,’ उनले भने, ‘निवेदन हाल्न जानुपर्ने आवश्यकता छैन।’

उनले देशको कानुन र नियमावली अनसार पार्टी चलाइरहेको बताए। ‘भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भन्ने?,’ उनले प्रश्न गरे।

ओलीले नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताबाट आफूले नहटाएको पनि बताए।

यो पनि पढ्नुहोस्

मेष-
शारीरिक कष्ट एवम् अनावश्यक खर्चले समस्या आउनेछ। शैक्षिक काममा व्यस्तता बढ्नेछ । कृषि एवं अन्नअनाजको व्यापारमा प्रगति हुनेछ । सवारी साधनको काममा लाभ हुनेछ । घरबाहिरको घुमघाममा सहभागी भइनेछ । आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । वैदेशिक काममा फाइदा एवम् यात्राको मजा मिल्नेछ । साताको अन्त्यमा भने साथीसँग वैमनस्यता हुनेछ ।

वृष-
दाजुभाइबाट सहयोग पाइने एवम् सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ। चिसोको कारणले स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक किचलो हुनेछ जग्गाजमिनको विवाद बढ्नेछ । साताको मध्यमा प्रेममा प्रगति एवम् भोग विलासमा खर्च हुनेछ । जग्गाजमिनबाट फाइदा एवम् नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने यात्राको सुख मिल्नेछ ।

मिथुन–
नयाँ काममा लगानी बढ्नेछ। घरबाहिरको काममा व्यस्तता बढ्नेछ । काममा जिम्मेवारी थपिनाले व्यक्तिगत काम पर सर्नेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् पेटको समस्या हुनेछ। साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा फाइदा एवम् भोजनको सुख मिल्नेछ।

कर्कट–
पशुचौपाया एवम् कृषिबाट आम्दानी मिल्नेछ। धनको सवारी साधनामा लगानी बढ्नेछ । कारोबारमा आर्थिक लाभ मिल्नेछ । स्त्रिपक्षबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा खर्च बढ्ने, अनावश्यक वादविवाद हुने एवम् स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट हुने, नयाँ सरसामान प्राप्ति हुने योग रहेको छ।

१८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया