बुधबार १३ आश्विन २०७८

आँखा, नाक, गाला वरपर भागमा पिप नभएको सेतो, पहेलो सानो दानाले सताउने गरेको पाइन्छ ।

यस्ता बिमिरालाई अङ्ग्रेजीमा ‘मिलिया’ भनिन्छ । यसको कुनै खास नेपाली नाम छैन । प्रायः ह्वाइट हेड जस्तै देखिने हुँदा अधिकांशले यसलाई ह्वाइट हेड नै सोचिरहेका हुन्छन् । तर, मिलिया अनुहारमा देखिने ह्वाइट हेड हैन । यो ह्वाइट हेडभन्दा फरक हुन्छ । ह्वाइट हेडमा पिप हुन्छ तर, मिलिया पिपले भरिएको हुँदैन । मिलियाका साना दानालाई हटाउन वा निचोर्न सकिँदैन ।

यो छालाको समस्याका कारण छालाको तल्लो सतहबाट आउने गर्छ । प्रायः अनुहारमा देखिने मिलिया धेरैजसो आँखाको तल, नाक, गाला, निधारमा आउने गर्छ । यो छालाको समस्या जुनसुकै उमेर तथा छालाको प्रकार भएका कसैलाई पनि हुन सक्छ । तर, यो समस्या सबैभन्दा बढी नवजात शिशुहरूमा र त्यसपछि युवामा देखिन्छ ।

मिलिया केराटिनको कारणले हुने हुन्छ । अर्थात् यो केराटिनले भरिएको सिस्ट हो । केराटिन मानव शरीरमा पाइने प्रोटिनको समूह हो जसले कपाल, छाला र नङको निर्माण र स्वस्थ वृद्धिका लागि जिम्मेवार हुन्छ । मिलिया हुनुको पछाडि कहिलेकाहीँ कुनै खास कारण हुँदैन । केराटिन छालाको मुनि फस्दा यसले छालामा सानो फोका जस्तो बनाउँछ ।

सामान्य भाषामा छालाको मृत कोषिका छालाको सतहमाथि आउँछ तब यसैले मिलियाको रूप लिन्छ । साथै, पोल्दा, छालाको सङ्क्रमण र फोकाले पनि मिलिया निम्त्याउन सक्छ । मिलिया खतरनाक स्थिति होइन, यो स्वास्थ्य समस्या नभई सौन्दर्य समस्या हो । मिलियालाई निचोर्ने, कोट्याउने तथा आफैँले निकाल्ने प्रयास गर्नु हुँदैन । यसले चालामा थप समस्या निम्त्याउन सक्छ ।

निचर्दा, कोट्याउँदा यसले छाला पोल्नुको साथै चिलाउने, सङ्क्रमण हुने तथा दाग बस्नेसमेत हुन सक्छ । यो मृत कोषिकाले गर्दा हुने भएकाले आफैंँ केही सातामा निको हुन सक्छ । तर, सौन्दर्य प्रभावित भएमा र लामो समयसम्म पनि मिलिया नगएमा यसलाई हटाउनका लागि केही चिकित्सकीय प्रक्रिया अपनाउन सकिन्छ ।

एक विशेष चिकित्सकीय प्रक्रियाअन्तर्गत यसलाई सुईको माध्यमले छालाबाट बाहिर निकाल्ने गरिन्छ । यति मात्र नभई मिलियालाई हटाउन लेसरसमेत प्रयोग गरिन्छ ।

घरमा भूलेर पनि नराख्नुहोस् यस्ता मूर्ति, नत्र हुनसक्छ अशुभ !!!

घरमा देवी देवताको मूर्ति राख्ने परम्परा पुरानो समयदेखि नै चल्दै आएको हो । आज पनि धेरै मानिसको घरमा देवी देवताको मूर्ति भेटिन्छ।हरेक बिहान, साँझ घरको मन्दिरमा राखिएको मूर्तिको पूजा गरे वा दर्शन गरे सकारात्मक विचार प्राप्त हुने विश्वास लिइन्छ।

ज्योतिषशास्त्रका अनुसार, देवी देवताको मूर्ति राख्ने वा पूजा–पाठ गरेमा घरमा केही वास्तु दोषसमेत मेटिन्छ। यद्यपी मूर्तिको बारेमा यो कुरामा भने सधैं ध्यान दिनुपर्छ । कुनैपनि घरमा टुटेफुटेको मूर्ति राख्नुहुँदैन, त्यस्तै धेरै मूर्ति पनि राख्नु हुँदैन।

शिवलिंग कहिल्यै खण्डित हुँदैन,शिवलिंगको आकार अनिश्चित हुने शिवपुराणमा उल्लेख गरिएको छ । यसको अर्थ टुटेफुटेको शिवलिंग पनि पूज्नका लागि योग्य हुन्छ ।शिवलिंगलाई संवेदनशील मानिन्छ । यसैकारण घरमा ठूलो शिवलिंग राख्न पनि हुँदैन । घरको लागि सानो शिवलिंग बढी राम्रो हुन्छ ।

खण्डित मूर्तिको पूजाले पूरा फल मिल्दैन,शिवलिंगको अलवा अन्य सबै देवीदेवताको मूर्ति टुटेफुटेको छ भने त्यसलाई पूजा नगर्नुहोस् । टुटेफुटेको मूर्तिको पूजा गर्दा पूरा फल नमिल्ने बताइन्छ । यसले मनमा शान्ति समेत नमिल्ने शास्त्रमा उल्लेख छ ।

फूटेको मूर्तिका कारण हुन्छ वास्तु दोष:घरमा टुटेफुटेको मूर्ति राख्दा वास्तु दोष बढ्ने वास्तुशास्त्रको मान्यता छ । यस्तो दोषले घरमा नकारात्मक वातावरण सिर्जना हुन्छ । पूजा गर्ने समे भागवानको मूर्तितर्फ ध्यान नगई अन्यतर्फ ध्यान जान्छ । जसका कारण तनाव उत्पन्न हुन्छ।

यो पनि पढ्नुहोस् :के तपाईंलाई थाहा छ ? मन्दिरको परिक्रमा किन गरिन्छ !!:हिन्दुहरू आफ्नो आस्था प्रकट गर्न नियमित मन्दिर जाने गर्छन् । मन्दिर गएपछि देवीदेवताको प्रतिमामा पूजाअर्चना गरिन्छ । त्यसपछि मन्दिर परिक्रमा गर्ने विधान हुन्छ । के हो त यसको कारण ?

खासमा मन्दिर परिक्रमा गर्नु लाभदायक छ । मन्दिरहरूमा सकारात्मक ऊर्जाको प्रवाह भइरहेको हुन्छ । यो ऊर्जा हाम्रो शरीरमा स्थानान्तरित हुन्छ र हामी आनन्द अनुभव गर्छौं ।

मन्दिर निर्माण गर्दा वास्तुको ध्यान दिइएको हुन्छ । अनि स्वतः प्रकट भएको मूर्तिमा तथा पछि प्रतिष्ठापित मूर्तिमा प्राणप्रतिष्ठा गरिएपछि त्यहाँ ऊर्जाको प्रवाह सुनिश्चित हुन्छ ।

मन्दिर परिक्रमा जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतैतिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जालाभ हुँदैन ।

परिक्रमाको अर्को नाम प्रदक्षिणा हो । परिक्रमालाई प्रार्थनाको अभिन्न अंग मानेका छन् शास्त्रहरूले ।परिक्रमा जहिले पनि बिजोडी संख्यामा गरिन्छ र तीनचोटि परिक्रमा गर्ने प्रचलन व्यापक छ ।

४०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया