शनिबार ०५ आषाढ २०७८

सामाजिक सञ्जालमा अहिले अनौठो लाग्ने जोडीहरु निकै भाइरल हुने गरेका छन् । फरक प्रकृतिका ब्यक्तिबीच भएका भएको विवाहलाई सामाजिक सञ्जालमा ल्याएर भाइरल बनाउने ट्रेण्ड चलेको छ । अहिले फेरी सामाजिक सञ्जालमा एक जोडी भाइरल भएका छन् । पति निकै मोटा देखिन्छन् । जसलाई सामाजिक सञ्जालमा नेपालकै सबैभन्दा मोटा भनेर उल्लेख गरिएको छ । उनको नाम हो कृष्णवहादु पन्त ।

जो चितवनको नारायणी नदिको आसपासमा भेटिएका थिए । उनको जोडी अहिले सामाजिक सञ्जालमा भाइरल छन् । पन्तको श्रीमती निकै पातली छन् । यो जोडी देखिदा फरक देखिन्छन् । चितवनमा भेटिएका यि जोडीबीच निकै माया प्रेम छ । दुई जनाबीच कुनै समस्या छैन । तर कृष्णलाई देख्नेहरुले भने कहिले जिस्क्याउँछन् त्यतीबेला भने उनलाई निकै नराम्रो लाग्छ । उनको तौल एक सय १८ किलो छ । कृष्णले आफुजत्तिको मोटो नदेखेको बताए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी सानैमा भने यति मोटो थिएनन् । २०६२ साल देखी उनको शरिरको तौल बढ्न थाल्यो । जति प्रयास गरेपनि उनको तौल घट्दै नघटेको बताए । उनको विवाह २०५८ सालमा विवाह गरेका हुन् । देवघाटवाट कृष्णले विवाह गरेका हुन् । उनको विवाह हुँदा कृष्ण यस्तो माटो थिएनन् । एक्कासी शरिरको तौल बढ्दा उनीहरुलाई अचम्म लाग्यो । कृष्णले दमको औषधी खानेभएकाले त्यही औषधीको असर होला भन्ने लाग्यो तर कारण खासै कारण थाहा नभएको बताए । कृष्णको उमेर अहिले ३९ वर्षका भए । अरुका लागि अनौठो लागेपनि कृष्णलाई भने निकै गाह्रो हुन्छ ।

सामान्य काम गर्न, नुवाई धुवाई गर्न असहज हुने बताए । ससुराली पनि नजिकै छ । उनको खाना भने सामान्य नै छ त्यस्तो फरक केही छैन । नारायणी देवघाटमा भेटिएका उनीहरुको पारिवारीक जिवन भने सामान्य छ । शरिर ठूलो भए पनि उनले टेम्पो चलाउँछन् । मोटो भएपनि आफुले गर्न सक्ने काम गरेको बताउँछन् । वैदेशिक रोजगारकिा लागि कतार गएका उनी उतावाट फर्कदा ह्वील चेयरमा आएका थिए ।

घरमै बसेर अनुहार चम्किलो र मुलायम बनाउन अपनाउनुहोस् यी उपाय

उमेर नपुग्दै अनुहारको छाला चाउरिन पुग्छ । जतिसुकै मिहिनेत गरे पनि कतिपयको अनुहार भनेजस्तो चम्किलो हुँदैन। अनुहारको छाला चम्किलो र मुलायम बनाउन ब्युटिपार्लर धाउनेहरूको पनि कमी छैन । तर, केही महत्वपूर्ण कुराको ख्याल गर्ने हो भने अनुहारको छाला सधैँ चम्किलो हुन्छ, चाउरी पनि पर्दैन ।

मुसुरोको दाल
मुसुरोको दाललाई मोटो धुलो सुक्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने । यही मुसुरोको दालको पाउडरले अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ । दालको पेस्टलाई कम्तीमा १० देखि १५ मिनेटसम्म राखेर धुनुपर्छ ।

काँक्रा
चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । यसो गरेमा छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।

गोलभेँडा
अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने गोलभेँडालाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

मह
महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुक्खा छ भने सधैँ राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

कागती
अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको भूमिका हुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुक्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।

दही
दही छाला र केस दुवैका लागि अत्यन्त लाभकारी छ । सुक्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ। दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुक्खा र सामान्य छाला सधैँ चम्किलो देखिन्छ। छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुट्की बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ। त्यस्तै गरी राति सुत्नुअघि दूध र दहीले मुख धुने हो भने छाला राम्रो हुन्छ ।

३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया