मंगलबार ०१ आषाढ २०७८

काठमाडौँ– सामान्यतया चिसो मौसममा रुघाखोकी बढी नै लाग्ने गर्छ । एकोहोरो खोकी लागिरहँदा दिक्क समेत लाग्छ ।

यस्ता उपाय अपनाउनुस् खोकी चट्

मह र मरिचः कफलाई पातलो र नरम बनाउनको लागि मह एक प्रभावकारी घरेलु औषधी साबित हुन सक्छ । महले एन्टिइम्फ्लामेटरीको काम गर्छ । कफको पातलो झिल्ली गलामा अड्किएको हुँदा घाँटीमा चिलाइरहेको हुन्छ र खोकी लाग्छ । अदुवाको टुक्रा महमा चोपेर चुसेमा कफसँगैको खोकीमा राहत मिल्छ ।

मरिचको सेवनले कफको प्रवाहलाई उत्तेजित पार्छ र बन्द भएको नाक पनि खुल्छ । समस्या भएको बेला एक चम्चा कालो मरिच र एक चम्चा महको पेस्ट बनाउने । त्यसमा थोरै पानी मिलाएर केहि समय उमाल्ने । यस मिश्रणको चिसो भएपछि दिनभरीमा थोरै थोरै गरेर पिउँदा फाइदा गर्छ

प्रशस्त मात्रामा तरल पदार्थको सेवनः खोकी लागेका प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । धेरै पानी पिउनु भनेको औषधी बराबर हो । पानी र अन्य तरल पदार्थको सेवनले शरिरबाट संक्रमणको बाहिर निकालेर कफसँगैको खोकीबाट राहत मिल्छ । यसको साथै तरल पदार्थको सेवनले शरिरमा लामो समयसम्म हाइड्रेट रहनुका साथ साथै कफ नरम बनाउँछ र निस्कन सजिलो हुन्छ । त्यसैले पानी प्रशस्त मात्रामा सेवन गर्नुहोस् ।

नुन पानीले गार्गलः कफसँगैको खोकीको लागि नुन र पानीको सेवन लाभदायक हुन्छ । दैनिक नियमित तरिकाले मनतातो नुन पानीले गार्गल गर्नाले कफ सबै निस्कन्छ । खोकी लाग्दा मनतातो पानीमा थोरै नुन र थोरै बेकिङ सोडा मिलाएर दिनमा ३ पटक गार्गल गर्नाले खोकी निको हुन्छ ।

सरसौको बिजः कफसँगैको खोकीको प्राकृतिक उपचारमा सरसौको बिजको उपयोग पनि लाभदायक हुन्छ । सरसौको बिजमा सल्फर पाइन्छ । जसकारण कफको प्रवाहलाई कम गर्न सहयोग गर्छ । खोकीको समस्या भएमा एक चम्चा सरसौको बिजलाई एक कप तातो पानीमा भिजाउने । कफ निस्कने खोकीबाट दिक्क हुनुभएको छ भने नियमित सरसौ भिजाएको पानी पिउनुहोस ।

कागतीः कागतीमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट हुन्छ । यी गुणको कारण कागतीको प्रयोगले खोकी निको हुन्छ । कफसँगैको खोकीमा एक गिलास तातो पानीमा कागतीको केही थोपा निचोरेर पिएमा निको हुन्छ । चाँडै निको हुनको लागि यस मिश्रणलाई नियमित सेवन गर्नुपर्छ ।

आज २०७७ पुस १८ गते शनिबारको राशिफल

मेष

बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

बृष

काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ ।

मिथुन

लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला ।

कर्कट

लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।

सिंह

अधिकार प्राप्तीका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य समस्या बल्झिन सक्छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तबाट टाढिनु पर्न सक्छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला । निर्णय लिनुअघि अग्रजको सल्लाह लिनु उपयुक्त हुनेछ ।

कन्या

पारिवारिक वातावरण तपाईंको अनुकूल छैन । खर्च अनुरूपको आम्दानी नहुँदा आर्थिक पक्ष कमजोर रहनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। प्रेममा खटपट हुन सक्छ । नजिकको मित्रबाट पनि धोका हुन सक्छ । पितासँगको सम्बन्ध सुधार हुनेछ ।

तुला

मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । छातीसम्बन्धी समस्या देखिन सक्छ ।

बृश्चिक

शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । सरकारी निकायको भय रहला । चोटपटकको भय पनि रहेकाले साबधानी रहनु होला । शुभ समाचार सुन्न पाइनेछ ।

धनु

कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सद्भाव रहनेछ । राजनीतिक तथा पेशागत क्षेत्रमा पदोन्नतीको योग छ । खर्च बढ्नाले आर्थिक पक्षले सताउन सक्छ । सन्तान सुखको योग छ ।

मकर

धार्मिक यात्राको योग छ । अधुरा कामले पूर्णता पाउन सक्छ । पेटसम्बन्धी समस्या हुन सक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । प्रेमी प्रेमिकाबीच कशिलो सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्र मध्यम नै रहनेछ ।

कुम्भ

सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्ला । दाजुभाइसँगको सम्बन्ध राम्रो बन्नेछ । अचल सम्पत्ती हात पार्ने योग छ ।

मीन

आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मन उत्ताउल हुन सक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । सरसामान हराउन सक्ने भएकाले साबधानी अपनाउनु होला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ ।

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया