शनिबार ०५ आषाढ २०७८

काठमाडौं- ज्योतिष शास्त्रले मानिसको भूत, भविष्य र वर्तमानको विषयमा फलादेश गर्छ ।

शास्त्रमा विश्वास गर्ने हो भने मानिसको जन्मबारले पनि उसको दैनिक जीवनमा प्रभाव पारिरहेको हुन्छ । शास्त्र अनुसार कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा उसका लागि श्रीवृद्धि हुन्छ भन्ने विषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।

आइतबार: आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यिनीहरुको २२ वर्ष पछि सफलताको बाटो खुल्ने शास्त्रले बताउँछ । धन लाभ गर्ने अवसर पाउने छन्। आइतबारका दिन जन्मिएका व्यक्तिहरुले मार्केटिंग तथा व्यवस्थापन क्षेत्रमा आफ्नो राम्रो छाप छोड्न सफल हुने भएकाले यिनीहरुले व्यापारमा ठूलो सफलता हासिल गर्न सक्छन।

सोमबार : सोमबार जन्मिने व्यक्तिको जीवनमा सुख-दुःख बराबर जस्तै हुन्छ । किनभने उनीहरुको ग्रह दशामा बलिया ग्रह र कमजोर ग्रहको बराबरी प्रभाव पर्ने जनाइन्छ । सोमबार जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन् । यस दिन जन्मेका व्यक्तिहरुका लागि कृषि, बैंकिङ, चिकित्सा शिक्षा र निर्माण क्षेत्र उपयुक्त हुने शास्त्रले जनाउँछ।

मंगलबार: मंगलबार जन्म भएका व्यक्तिहरु निकै भाग्यशाली र धनवान हुने गर्छन। तर यस दिन जन्मेका महिलाहरु भने निकै कठोर प्रकृतिका हुने गर्छन्।

मंगलबार जन्म भएकाहरुका मिडिया र राजनीतिको क्षेत्र राम्रो छवि बनाउँन सक्छन् ।  यी क्षेत्रमा उनीहरुले आफ्नो राम्रो नाम र छाप राख्न सफल हुने भएकाले उनीहरुका लागि यही काम उपयुक्त हुने शास्त्रले जनाउँछ ।

बुधबार : यस दिन जन्मेका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति संचित गर्ने अवसर मिल्नेछ। बुधबार जन्मेका व्यक्तिहरुलाई व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र राम्रो मानिन्छ । यिनीहरुले यस क्षेत्रबाट सजिलै आफ्नो भविष्य उज्जवल बनाउन सक्छन्।

बिहीबार: यस दिन जन्मिने मानिसहरु निकै विद्वान र पराक्रमी हुने गर्छन। बिहीबार जन्मेका व्यक्तिहरुलाई जुनसुकै पेश गर्दा पनि राम्रो हुने देखिन्छ तर हरेक कार्यमा संयमता भने अपनाउनुपर्ने हुन्छ । विशेष गरेर यी व्यक्तिका लागि शिक्षण पेशा फलदायी मानिने गर्छ।

शुक्रबार : यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ। शुक्र ग्रहको प्रभाव स्वरुप उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुने गर्छन। शुक्रबार जन्मेका व्यक्तिहरुका लागि डाक्टर, नर्स, मनोविज्ञान, शिक्षण तथा लेखन क्षेत्र उत्तम मानिन्छ।

शनिबार : शनिबार जन्म भएका प्राय: व्यक्तिहरु अर्काको नोकरी भन्दा पनि आफ्नै व्यापार व्यवसाय गर्न रुचाउने हुन्छन् । यिनीहरुको बाल्यकाल केही कष्टपूर्ण हुने भएपनि त्यसपश्चातको पुरै जीवन खुशी र सुखी बित्नेछ। यस दिन जन्म भएका व्यक्तिहरुलाई शिक्षा र घर जग्गाको क्षेत्रमा राम्रो हुने र अधिक धन लाभ गर्ने अवसर मिल्नेछ। यिनीहरु कलाकारिताको क्षेत्रमा पनि आफ्नो राम्रो पहिचान उच्च बनाउन सक्षम हुनेछन् ।

आज २०७७ पुस १८ गते शनिबारको राशिफल

मेष

बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

बृष

काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ ।

मिथुन

लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला ।

कर्कट

लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।

 सिंह

अधिकार प्राप्तीका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य समस्या बल्झिन सक्छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तबाट टाढिनु पर्न सक्छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला । निर्णय लिनुअघि अग्रजको सल्लाह लिनु उपयुक्त हुनेछ ।

कन्या

पारिवारिक वातावरण तपाईंको अनुकूल छैन । खर्च अनुरूपको आम्दानी नहुँदा आर्थिक पक्ष कमजोर रहनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। प्रेममा खटपट हुन सक्छ । नजिकको मित्रबाट पनि धोका हुन सक्छ । पितासँगको सम्बन्ध सुधार हुनेछ ।

तुला

मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । छातीसम्बन्धी समस्या देखिन सक्छ ।

बृश्चिक

शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । सरकारी निकायको भय रहला । चोटपटकको भय पनि रहेकाले साबधानी रहनु होला । शुभ समाचार सुन्न पाइनेछ ।

धनु

कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सद्भाव रहनेछ । राजनीतिक तथा पेशागत क्षेत्रमा पदोन्नतीको योग छ । खर्च बढ्नाले आर्थिक पक्षले सताउन सक्छ । सन्तान सुखको योग छ ।

मकर

धार्मिक यात्राको योग छ । अधुरा कामले पूर्णता पाउन सक्छ । पेटसम्बन्धी समस्या हुन सक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । प्रेमी प्रेमिकाबीच कशिलो सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्र मध्यम नै रहनेछ ।

कुम्भ

सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्ला । दाजुभाइसँगको सम्बन्ध राम्रो बन्नेछ । अचल सम्पत्ती हात पार्ने योग छ ।

मीन

आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मन उत्ताउल हुन सक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । सरसामान हराउन सक्ने भएकाले साबधानी अपनाउनु होला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ ।

१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया