मंगलबार ०१ आषाढ २०७८

मोरङको उर्लाबारी मंगलबारे स्थित एक किशोरीले १७ बर्षकै कलिलो उमेरमा बच्चा जन्माएकि छिन । मंगलबारे घर भएकी ती बालिकाको एकजना निशान धिमाल नाम गरेका बेलबारीका युवकसँग प्रेम सम्बन्ध रहेको र ऊनीसंग शारीरिक सम्बन्ध पनि पटक पटक राखेको बालिकाको तर्क रहेपनी ती युबकले आफ्नो बच्चा नभएको बताउदै पन्छिदै आएका छन । युबकले आफ्नो बच्चा नभएको जानकारी गराएपछी बच्चा र ती बालिकाको बिजोक भएको छ ।

बालिकाको पक्षबाट युवकको परिवारसंग पनि पटक पटक आपसमा मिलाउन अनुरोध गरिएपनी युबक अनि उनको परिवारले अस्विकार गरेपछी अहिले बालिका आफुले न्याय नपाएको भन्दै भावुक भइन । फेसबुकबाट भएको चिनजान बिस्तारै माया बदलिएको थियो । गाढा मायाप्रेम झाङिदै गएपछी अन्ततः युवती गर्भवती बनिन । आफू गर्भवती भएको करिब चार महिना भएपछी मात्र आफुले थाहा पाएको र प्रेमीलाई जानकारी गराइन ।

प्रेमीले आफ्नो बच्चा हैन भनेपछी बारम्बार फोन गरिरहिन प्रेमिले फोन काट्ने देखि नानाथरी गाली गर्ने सम्म गरेका सम्झिदै भावुक बनिन । केटिको घरमा कोहि परिवार नबस्ने र उनिमात्र बस्ने गरेकी थिइन् । प्रेमी पटक पटक आउने र धेरैदिन घरमै बस्ने गरेको बताइन । त्यो सानो शिशुको मुहार हेर्दै भावुक हुँदै उनले सबै नालीबेली बताइन । उनी बोल्दाबोल्दै भक्कानो छाडिन ।

READ MORE,

आज श्री शाके १९४२ बि।स।२०७७ साल पौष १७ गते शुक्रबार इश्वी सन २०२१ जनवरी १ तारीख पौष कृष्णपक्ष द्वितीया तिथी पश्चात तृतिया तिथी तिष्य नक्षत्र वैधृति योग गर करण चन्द्रमां कर्कट राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु सन २०२१ प्रारम्भ राष्ट्र्यि पोसाक दिवस राष्ट्र्यि टोपी दिवस ९ज्यो।प।सरोज घिमिरे०

मेष : मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन हुन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सवारीसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ ।

बृष : आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन : भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट: मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह : कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

कन्या : आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।

तुला : सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

बृश्चिक : यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु : स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

मकर : शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

कुम्भ : तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।

मीन : बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।

२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया