बुधबार १३ आश्विन २०७८

काठमाडौ । केही दिन देखि एउटा भिडियो भाइरल भइरहेको छ । भक्तपुरमा आमाबुवा भएर पनि टुहुरा बनेका चार बालबालिकाहरुको बारेमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको छ । केही महिना देखि भक्तपुरको एउटा कोठामा लकडाउनका समयमा भोकै बसेका चार बालबालिकाले धेरै महिना पछि आफ्नो आमालाई फेला पारेका छन् ।

संगै हुँदा पनि कहिल्यै आमाबुवाको माया नपाएका उनीहरुले आमालाई अर्कै पुरुषसंग देख्दा उनीहरुलाई अचम्म लाग्यो । आमा त्यहाँ छन् भन्ने थाहा पाएर भेट्न जाँदा आमाले माया गर्नुहुन्छ होला भन्ने लागेको थियो तर भेट हुँदा पनि आमाले माया गर्दिन भनेको सुनेपछि छोराछोरी निकै दुखी भएका छन् ।

४ छोराछोरीलाई छोडेर आमा र बुवा अर्कै टिपेर हिडेपछि यि बालबालिकाको बिचल्ली भएको थियो । भिडियोमा यिनीहरुको अवस्थाको बारेमा सार्वजनिक भएपछि सहयोग आउन थालेको छ । अहिले उनीहरुको कोठामा आधारभुत बस्तुहरुका जम्मा हुन थालेको छ ।

यस्तै बेलामा उनीहरुले आमालाई पनि देखे । तर पनि आमाले माया गर्दिन भनेर तिरस्कार गरेपछि बालबालिका थप दुखि भएका छन् । सबैभन्दा दुखी माइली छोरी भएकी छन् । उनी आमालाई भेटेदेखि नै आँखा ओभाएका छैनन् ।

तीन छोरी र एक छोरालाई छोडेर गएका अभिभावकहरुलाई जेठो छोरीले भावुक सन्देश दिएकी छन् । जेठी छोरी उर्मीलाले उनले भनेकी छन्, बाबा र ममीका कारण हामीले यति धेरै दुख पार्यौ यो संसारमा भएका बाबा आमाले आफ्ना छोराछोरीलाई यसरी अलपत्र पारेर नछोड्नुहोला ।

माइली छोरी मुनाको आमाले नाम समेत लिइनन् । त्यो सम्झेर अहिले पनि उनी दुखी छन् । आँखा ओभाएका छैनन् । आमाबुवा संगै हुँदा पनि बुवाले मुनालाई माया गर्ने भएकाले बाबाको प्यारी छोरी भन्दै संधै हे ला गर्ने गरेको जेठी छोरीले बताएकी छन् ।

एकताका सुत्रधार बामदेवः ओली र प्रचण्ड मिलाउने प्रयासमा अझैंपनि

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका विभाजित दुई समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली आ(आफ्नो समूह लिएर अलग भइसकेका छन् । यतिसम्मकी उनीहरु एक(अर्काको उछितो काट्ने गरी आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रचण्डले सार्वजनिक रुपमा ओलीलाई आफूविरुद्ध केही गरेर देखाउन चुनौती दिएका छन् । ओलीले पनि प्रचण्डलाई धुँदाधुँदा साबुको डल्ला धेरै खेर गएको टिप्पणी गरेका छन् ।

हदैसम्म लिखित र मौखिक आरोपमा उत्रिएका ओली र प्रचण्ड आफ्नो बाटो लागिसकेका छन् । तर, फेरि यी दुईलाई मिलाउन देशभित्र र बाहिर दुवैतर्फबाट सक्रियता बढेको छ । चिनियाँ टोलीले त खुलेआम नेकपा मिलाउने प्रयास गरेर गएको छ । यसका पछाडि चीनको राजनीतिक स्वार्थ लुकेको छ । ओली र प्रचण्ड मिल्ने सम्भावना लगमग टरिसकेको छ ।

तर, राजनीति हो सम्भावनाको खेल भइरहन्छ । कम्युनिस्ट भइकन भिन्न दृष्टिकोण राख्ने ओली र प्रचण्ड कुनैबेला मिलेकै हुन् । राजनीतिक लेनदेनका साथ दुवैको मिलन भएको हो । ओली र प्रचण्डलाई मिलाउन वामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले यसका लागि एकता अभियान नै चलाउन लागेका छन् । दुवै समूहमा लाग्नबाट पार्टी नेता कार्यकर्तालाई रोक्ने वामदेवको रणनीति देखिन्छ । यसबाट उनले पार्टी फुटाउनेलाई कमजोर पार्ने र आफै बलियो बन्ने महत्वाकांक्षा पनि राखेका छन् ।

वामदेवले शुक्रबार विहानै प्रचण्डलाई खुमलटारमै पुगी भेटेका छन् । भेट नेकपामा एकताको सूत्र तयार गर्ने विषयमा केन्द्रित रहेको थियो । वामदेवले संसद पुनःस्थापना गराउने तर त्यसका लागि ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सुनिश्चितता गर्ने सूत्र अघि सारेको बुझिएको छ । उनले छलफल यही एजेन्डालाई केन्द्रमा राखेर शुरु गरेका छन् ।

अब वामदेवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने तयारी गरेका छन् । भेटमा एकताको आफूले तयार पारेको सूत्रबारे कुरा गर्नेछन् । एकताको दबाबका लागि १५०१ को कमिटी बन्दैछ । त्यसका लागि उनी निकटस्थहरु नामको सूची तयार गर्न खटिएका छन् । अर्को हप्ता यसको घोषणा हुने बुझिएको छ ।

यसैगरी, चिनियाँ टोलीले वामदेवलाई पनि भेटेर गएको बुझिएको छ । नेपाल भ्रमणमा रहँदा चिनियाँ टोली वामदेवबाट उत्साही भएको बुझिएको छ । गौतम पनि चीन जस्तै नेकपा एकताको पक्षधर देखिए । एकताको एजेन्डामा केन्द्रित रहेर वामदेवले आफ्नो कुरा चिनियाँ टोलीलाई पनि राखेका थिए ।

विगतमा पनि वामदेवकै कारण नेकपाभित्र दुर्घटना दुईपटक टरेको थिये । दोस्रोपटक त उनैले ६ बुँदे सहमतिको सूत्र ल्याएर कुरा मिलाएका थिए । जसले २६ भदौमा सहमति बनेको थियो । तर फेरि नेताहरुबीच कुरा बिग्रियो । अबचाहिं बामदेव कुरा मिलाउन फेरि सक्रिय भएका छन् ।

३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया