बुधबार १३ आश्विन २०७८

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।

‘संघीयता खर्चिलो भयो र प्रदेशको त झन् कामै देखिएन । त्यसकारण बरु स्थानीय तहलाई थप बलियो बनाऔं र संघीयता खारेज गरिदिने आँट प्रधानमन्त्री ओलीले गर्नुपर्छ’ पालले अनलाइनखबरसंग भनिन् ।

पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रधानमन्त्रीले संघीयता खारेज गर्नुपर्ने र प्रतिनिधिसभाको सिट संख्या १०५ मा झार्नुपर्ने बताएकी थिइन् ।

संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसदको सिट संख्या १०५ र केन्द्रको मन्त्रिपरिषद बढीमा १५ सदस्यीय बनाउँदा राज्यलाई आर्थिक भार निकै घट्ने नेतृ पालले बताइन् ।

विघटित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सदस्य समेत रहेकी पाल हाल नेकपा ओली समूहमा छिन् ।
संघीयता नै खारेज गर्नुपर्छ भनेर आफुले पहिलो पटक नभनेको पनि उनको प्रष्टीकरण छ ।

‘मैले तीन वर्ष पहिला पनि भनेको छु’ पालले अनलाइनखबरसंग भनिन्, ‘मलाई कसैले कारबाही गरे पनि गरुन्, वास्तवमा यो संघीयता कामै छैन । नेतालाई जागिर खुवाउने ठाउँ मात्रै हो । जनताले अधिकार चाहेका हुन् । दार्चुलाको मान्छे काठमाडौं आउन नपरोस्, अधिकार तलै पुर्याइदेयोस् भन्ने हो ।’

२०२० कोरोना महाामरीको वर्ष, २०२१ कोरोनाविरुद्धको भ्याक्सिनको वर्ष

काठमाडौ । सन् २०२० विश्व इतिहासकै असाधारण वर्ष रह्यो । यो वर्षको शुरुमै सँसारभर कोरोना भाइरसको महामारी फैलियो । सन् २०१९ को डिसेम्बरमा चीनको वुआन शहरमा पत्ता लागेको कोरोना भाइरस २०२० मा व्यापक फैलियो । उक्त वर्ष सँसारका अधिकांश देशले पटक पटक लकडाउन गर । जनजीवन प्र्र्रभावित भयो । मानव इतिहासमा यसअघि यस्तो कहिल्यै भएको थिएन । मानिसहरु महिनौंसम्म घरबाट बाहिर निस्कन समेत पाएनन् ।

सँसारका धेरै अस्पताल कोरोना संक्रमितले भरियो । कोरोना भाइरस ले सन् २०२१ भित्र १८ लाख २५ हजारको ज्यान गयो । ८ करोड ३० लाख संक्रमित भए । चुनौतीलाई पार गर्दै मानव जगतले नयाँ अवस्थाका लागि संघर्ष गर्यो । कोरोना भाइरसविरुद्धको खोप विकासमा वैज्ञानिकहरु अहोरात्र जुटे । सन् २०२० भर वैज्ञानिकहरु भाइरसविरुद्ध लड्ने भ्याक्सिन विकासमा जुटे । फलस्वरुप भ्याक्सिनहरुको विकास भयो ।

अमेरिकाको फाइजर र मोर्डना जस्ता कम्पनिले भ्याक्सिन विकास गरे । रुस स्पुतनिक भी नामको कोरोनाविरुद्धको भ्याक्सिन विकास गरी अनुमोदन गर्ने पहिलो देश बन्यो । उसले पहिलोपटक भ्याक्सिनको प्रयोग पनि गर्यो । बेलायतले अक्सफोर्ड भ्याक्सिन विकास गर्यो । जुन भारतमा पनि उत्पादन भइरहेको छ । चीनले पनि भ्याक्सिनहरुको विकास गरी आकस्मिक प्रयोग शुरु गरिसकेको छ ।

२०२१ अब भ्याक्सिनको वर्ष हुँदैछ । सँसारका सबैजसो मुलुकहरुमा कोरोनाविरुद्धको भ्याक्सिन पुग्दैछ । यूरोप, अमेरिका, एशियालगायतका देशहरुमा भ्याक्सिन धमाधम प्रयोग भइरहेको छ । २०२१ मा यसले अझ गति लिनेछ । मानव समुदाय फेरि एकपटक कोरोनाविरुद्धको युद्ध जितेर अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

 

२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया