शुक्रबार ०१ आश्विन २०७८

काठमाण्डौ । कविता दास । यो नाम एक पिडित श्रीमती र एक आमाको हो । त्यो आमा जस्ले श्रीमानले साथ छाडेर अर्कैको हात थामेपछि जीवनसंग हार मानेर आफ्नै भएकी एउटी छोरीसंगै आफुले पनि यो संसार छाड्ने सम्मको सोंच बनाएकी रहिछन् । कविता आफ्ना कुरा सुनाउँदा निकै नै रोईन् । के सोंचे थें जिन्दगीमा के के भयो अहिले भन्ने यो गीत उनै लाचार र बिबश आमा कविताको जीवनसंग मेल खाएको छ ।

कुनै समय गार्मेटमा काम गर्दा एकजना चिनेको दाईको माध्यमबाट चिनाजानमा जुध्न पुगेकी कविताले त्यही व्यक्तिलाई जीवनकोलागी उपयुक्त ठान्दै बिहे पनि गरिन् । आफ्नोलागी जीवनभरी नै परफेक्ट भन ठानेर बिहे गरेको श्रीमान रबिन दास कविताकोलागी सही व्यक्ति रहेनछन् । यो कुरा कविताले बिहे भएको झण्डै १२ वर्षपछि मात्र थाहा पाईन् कि रबिन आफ्नोलागी सही व्यक्ति रहेनछन् भन्ने कुरा । यो बीचको समयमा सबै कुरा ठीक थियो जसरी एउटा परफेक्ट परिवारमा सबै हुन्छ ।

तर बिस्तारै बिस्तारै सबै कुरा गलत हुँदै गयो । उहाँले म हुँदाहुँदै अर्कैसंग लागेर म र छोरी छौं भन्ने पनि बिर्सनु भयो । कविता भन्छिन्,‘म पढेलेखेको छैन । मलाई स्मार्ट फोन चलाउन पनि आउँदैन । तर कामको सबै सीप जानेको छु । मैले केही जान्दिन भनेर होला सायद उहाँले मभन्दा जान्नेलाई रोज्नु भयो ।’ कविताले आफ्ना कुरा सुनाउँदा कहिले भावुक भईन् त कहिले भक्कानिदैं रोईन् पनि । उनको भनाई अनुसार उनले ठेलामा चटपटे बेच्नेदेखि पोते उन्नेसम्मको सबै काम गरिन् ।

तर पनि रबिनले उनको दुःख, मेहेनत, माया र सहयोग केही हेरेनन् । दुई सन्तानका बाबु र कविताका श्रीमान भई सक्दा पनि रबिन दासले आफुलाई अविबाहीत जस्तै गरेर श्रीमतीकै अगाडी अर्कैसंग माया प्रेम खुल्लमखुल्ला तरिकाले गर्न थाले । कविताको भनाई अनुसार १२ वर्षदेखिको कवितासंगको प्रेम र बैबाहीक सम्बन्ध तोड्न रबिनलाई १२ सेकेण्ड पनि लागेनछ । उनले जस्कोलागी कवितालाई छाडेर गए त्यो महिलालाई पनि कविता रबिनको श्रीमती हो भन्ने सबै जानकार थियो । श्रीमानले छोडेपछि अहिले उनलाई घर चलाउन र छोरीको खर्च जुटाउन निकै गाह्रो परेको कुरा रुँदै सुनाउँछिन् कविता । भिडियोसहित

यो पनि पढ्नुहोस्

अनुहार चम्काउन मानिसले निकै रकम खर्च गर्छन् । व्युटीपार्लर, चिकित्सक लगायतका धाउँदा धाउँदा पनि अनुहारमा चमक आउँदैन । कोरोनाको सन्त्रासक कारण अहिले व्युटीपार्लर जान सक्ने अबस्था पनि छैन् ।

तर कतिपय यस्ता सामाग्री र प्रयोगहरुले पनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् । तर साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । जसले अनुहार चमकाउन मद्दत गर्छ ।

एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४–५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

एभोकाडोको लेप बनाई १५ मिनेट लगाउँदा अनुहार सफा र चम्किलो बनाउँछ।अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने ।

२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया