शनिबार ०५ आषाढ २०७८

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेका नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायक तथा मोडल पुष्कल शर्मा भक्कानिएर रुन थाले। अन्तरबार्तामा बोल्दा बोल्दै उनि यसरी रोए कि त्यहा भएका सबैको आँखा आँसुले टिलपिल भरिएको मात्रै थिएन सबै निशब्द थिए।आजकै दिन अनिताको ठुलो अपरेशन आजै पुष्कल भेट्न जादा सबैको मन अर्कै भयो। आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेका पुष्कल शर्मा आफुले गीत गाउदै गर्दा अनिताको आवाजमा जव मुटु जलाई जलाई गीतमा सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भए शर्मा ।

अमेरिकामा बस्ने समाजसेवी बिष्णु भट्टराइ र जापान मा बस्दै आउनु भएकी समाजसेवी बिनु श्रेष्ठ सहितको टोलिले पठाउनु भएको उक्त सहयोग रकम हस्तान्तरण गर्न पुष्कल शर्मा अस्पताल पुगेका थिए। पहिलोपटक छोरीको अगाडी अनिता पनि बोल्न थालेपछि सबै चकित परे। पुष्कल शर्मा एक चर्चित मोडल पनि हुन । उनले खेलेको धेरै भिडियो हरु दर्शक स्रोताले धेरै रुचाएको छ । अनितालाई सहयोग गर्नको लागि सिधा कमल सरगमलाई सम्पर्क गर्नुहोस :9851224970
पुरा भिडियो हेर्नुहोस :

जाडोमा शरीरका लागि लाभदायी रायोदेखि तामासम्मका पाँच खास तरकारी

पुसको जाडोले जनजीवन अस्तव्यस्त हुन थालेको छ  । जाडो स्वास्थ्यका हिसावले पनि केहीलाई दु:ख दिने गर्छ भने कतिपयलाई जाडो मौसम रमाइलो लाग्छ । आज हामी जाडो मौसममा ज्यानै तताउने ५ तरकारीका बारेमा जानकारी दिँदैछौँ ।

रायो
रायो हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । यो जाडो मौसमका लागि स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै लाभदायी मानिन्छ । रायोको सागमा पाइने भिटामिन एले चिसोयाममा बढी देखिने बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ । बाथका रोगीका लागि हुने हड्डी दुख्ने समस्याबाट राहत मिल्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी लाग्दैन ।

गोलभेँडा

गोलभेँडा स्वादमा मात्र नभई स्वास्थ्यका लागिसमेत उत्तिकै प्रभावकारी चिज हो । सबैजसो मौसममा उपलब्ध हुने गोलभेँडा जाडोका लागि पनि उत्तिकै फाइदाजनक छ । यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । जसले जाडोमा देखिने श्वासप्रश्वाससम्बन्धी रोग, छाला सुक्खा हुनेजस्ता समस्या नियन्त्रण गर्छ । गोलभेँडामा पाइने ल्याइकोपिनले हाम्रो शरीरमा भएको अनावश्यक फ्याट (बोसो) कम गर्छ ।

च्याउ

च्याउ सेलेनियमको राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई बलियो बनाएर शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ । चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ ।

यसमा प्रशस्त मात्रामा पाइने खनिज पदार्थले चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गर्छ । तसर्थ, च्याउ बाथका रोगीका लागि फाइदाजनक हुन्छ । त्यस्तै, यसले रगतमा सेतो रक्तकोषिका निर्माण गरी प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

बाँसको तामा

जाडोमा तामाको सुप स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको तरकारी, अचारसँगै सुप पनि बनाएर खान सकिन्छ । बाँसको तामाका परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्नेजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

मेथीको साग

मेथीको दाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, दाना मात्र नभएर मेथीको साग पनि उत्तिकै उपयोगी छ । मेथीको साग खाएमा चिसो मौसममा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

मेथीको सागमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, यो नियमित खाँदा रक्तचापसमेत नियन्त्रण गर्छ । त्यसैगरी, मेथीको सागमा पाइने गेलोप्टोमाइनन् नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ ।

३४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया