बुधबार १३ आश्विन २०७८

एक बिवाहित पुरुषले एक बिवाहित छिमेकी महिलासँग सम्बन्ध राख्न आफ्नो घरदेखि ती महिलाको कोठासम्म सुरुङ बनाएको खुलासा भएको छ। छिमेकी महिलासँग प्रेम भएपछि ती पुरुषले सो सुरुङमार्फत त्यहाँ जाने गरेका थिए।

जब ती बिवाहित महिलाका श्रीमान घरबाट बाहिर निस्कन्थे, प्रेमी सुरुङबाट ती महिलाको कोठामा पुग्थे। यो घटना मेक्सीकोको हो। डेलिमेलका अनुसार अल्बर्टो नामका ती पुरुषले सुरुङ बनाएको घटनाको पटाक्षेप एक दिन ती महिलाका श्रीमान जर्ज अफिसबाट छिटै घर फर्केपछि भएको हो।

घरमा उनले श्रीमती र उनका प्रेमी अल्बर्टोलाई रं’गेहात फेला पारेका थिए। ती महिलाका श्रीमान घरमा पुगेपछि अल्बर्टो एकाएक गायब भए। जर्जले अल्बर्टोलाई निकै खोजे तर फेला पार्न सकेनन्। यसरी गायब भएपछि उनी पनि हैरान भएका थिए।

उनले खोजी गर्दा त्यहाँ एक सुरुङ फेला पारे। अनि सुरुङबाट भित्र जाँदा उनी छिमेकमा अल्बर्टोको घरमा पुगे। अल्बर्टोले आफ्नो अफयरबारे आफ्नी श्रीमतीलाई केही नभन्न अनुरोध गरेका थिए। तर, डेलिमेलका अनुसार जर्जले सबै कुरा सार्वजनिक गरिदिए।

बाँदरलाई रुखको हाँगामा देखेर दया लागि घरमा ल्याएको त घरैपो भत्काईदियो, जंगलमा बस्ने बाँदर घरमा नबस्ने रहेछ: ओली

एकतायता विभिन्न समयमा विकसित राजनीतिक परिवेशका कारण प्रधानमन्त्री एवम् एकीकृत नेकपाका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरे। प्रतिनिधि सभा विघटन भएपछि देश आन्दोलनमा होमिएको छ।

खासगरी अघोषित रुपमा विभाजित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक ध्रवतिर लागेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल नै पनि सडकमा निस्केपछि बढी पेचिलो बनेको नेपालको राष्ट्रिय राजनीतिक समस्या अहिले विभिन्न सभा, सम्मेलन, गुटगत भेला अनि आफूनिकटका छलफलको वरीपरी घुमिरहेको छ।

प्रतिनिधि सभा विघटनपछि एकअर्कालाई कारबाही गरागर गरेका निवर्तमान दुई अध्यक्ष ओली–दाहाल अहिले सार्वजनिक रुपमै एकअर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिएका छन्। योबीचमा ओली प्रायः आफू निकटहरुसँगको भेटघाट तथा कार्यकर्ता भेलामै व्यस्त रहे भने दाहाल सडक सङ्घर्षका कार्यक्रमहरुलाई सम्बोधन गर्नाले फुर्सदिएनन्।

त्यसो त दुई अध्यक्षबीच यस्तै–यस्तै सभा, सम्मलेन तथा भेटघाटकै क्रममा शृङ्खलाबद्ध रुपमा आरोपका वाणहरु फालाफाल गरिरहेका छन्। यसै सन्दर्भमा दाहालले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सडक सङ्घर्ष भेलामा ओली आगामी बैशाखबाट पत्तासाफ हुने बताएका थिए । दाहालले सम्बोधनका क्रममा भनेका थिए, ‘ओली आगामी बैशाखबाट पत्तासाफ हुन्छन्।’

५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया