बुधबार १३ आश्विन २०७८

रोगबाट मुक्ति मिल्ने :वास्तु शास्त्रका अनुसार हरेक दिन तावामा रोटी पकाउनु वा सेक्नु अगाडि दूधको छिटा पार्नुहोस् । यसो गरे घरमा बिरामीको प्रकोप कम हुनेछ । आरोग्य सुख प्राप्त हुनेछ ।घरमा हुनेछ आर्थिक वृद्धि:हरेक बिहीबार तुलसीको बोटमा थोरै दूध चढाउनाले घरमा लक्ष्मीको स्थायी बास हुनेछ । बेरोजगार व्यक्तिका लागि रोजगारको अवसर खुल्ने छ ।

यस्तै घरमा आर्थिक सम्पन्ताको वृद्धि हुनेछ ।घरमा परिवारका सदस्यबीच बढ्ने छ प्रेम:घर परिवारका सदस्यबीच कलह तथा झगडा हुँदै आएको छ ? साथै घरको सबै तिर नकारात्मकता देखिन्छ भने नुन पानीले पूरै घरमा पोछा लगाउनु पर्दछ । वास्तुशास्त्रका अनुसार यो उपाय गर्नाले घरमा सकारात्मक उर्जाको सञ्चार हुनेछ । साथै घरका सदस्यहरुबीच प्रेम तथा आपसी सौहार्द पनि बढ्ने सम्भावना रहन्छ ।

सुख–शान्तिको हुनेछ बास:हरेक दिन शिव लिंगमा जलमा थोरै दूध मिलाएर अभिषेक गर्नुहोस् र थोरै पानी उभार्नुहोस् । त्यसपछि मुख्य द्वार अर्थात ढोकाको दुवैतर्फ उक्त दूध चढाउनुहोस् । ज्योतिषका अनुसार यसो गरेमा घरमा सुख–शान्तिको बास हुनेछ । साथै सकारात्मक उर्जा आउने छ ।मनोकामना पूरा हुनेछ:हरेक दिन साँझको समयमा पिपलको बोटमा पानी चढाउनुहोस् । यसो गर्दा पानीमा थोरै दूध पनि मिसाउन नर्बिसनु होला । यसपछि दीपक जलाउनु होस् र आफ्नो मनोकामना सम्झदैँ पाँच पटक परिक्रममा गर्नुहोस् । यसो गरेमा आफ्नो मनोकामना चाँडै पूरा हुनेछ ।

पितृदोषबाट मिल्ने छ मुक्ति:हरेक दिन बिहान सबैभन्दा पहिलो खाना गाई माताका लागि तयार गरेर खान दिनुहोस् । त्यसपछि कुकुर र तेस्रोमा छतमा पंक्षीका लागि खाना राखिदिनुहोस् । यसो गरेमा पितृदोषबाट मुक्ति मिल्ने छ । साथै पितृदोषको कारण प्राप्त कष्ट समाप्त हुनेछ । घरमा सुख, शान्ति पनि फिर्ता आउने छ ।

नकारात्मक प्रभावको हुने छ कमी:कुनै पनि दिन चार घडीमा पाँच किलो शुद्ध नुन एक थैलीमा राखेर घरको यस्तो स्थानमा राख्नुहोस्, जहाँ पानीले नभेट्टाओस् । यदि आफै थैलीमा पानीले भेट्टायो र भिज्यो भने पनि उक्त नुन प्रयोग नगर्नुहोस् । त्यसलाई फालिदिनुहोस् । यसपछि फेरि त्यसै गरी नयाँ नुन ल्याएर राख्नुहोस् । यसले घरको सबै नकारात्मक प्रभावलाई कम गर्ने छ । र, सकारात्मक प्रभावलाई बढाउने छ ।

पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले दुर्लभ वन्यजन्तु रातो रेडपाण्डा सङ्कटमा

ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान खरानी बनाएपछि सङ्कटमा परेको छ । छ दिनदेखि शुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिनुभयो । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आकलन गर्न नसकिने शेर्पाले बताउनुभयो ।

पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको रेडपाण्डा क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । रेडपाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईले बताउनुभयो ।

आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताउनुभयो । हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेले बताउनुभयो । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उहाँले बताउनुभयो ।

काठमाडौँबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन । सोमबार हेलिकोप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन । गत बिहीबारदेखि फुङलिङ नगरपालिका–११ फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो । आगलागीको कारण अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

३१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया