बुधबार १३ आश्विन २०७८

रुपन्देही । छोरी चेली पढाउ, बुहारी पढाउ, श्रीमती पढाउ । तर पढाउ किनभने पढेलेखेको महिला भएको घर कहिल्यै पनि अध्याँरो हुँदैन भन्ने भनाई छ । त्यही भनाईलाई आत्मसाथ गर्दै गणेशले पनि आफ्नी श्रीमतीलाई दिलोज्यानले पढाए । आफुले घरधन्दा सम्हालेर भएपनि उनले श्रीमतीलाई पढनकोलागी स्कूला क्याम्पस पठाए । श्रीमतीले पढे घर उज्यालो समाजमा मान सम्मान आदि इत्यादि सबै पाईन्छ भन्ने एउटा सुन्दर र सकारात्मक सोंचले गणेशले समानताको उदाहरण जोडी बन्ने कोशिश गरे ।

तर उनको कोशिशलाई उनकै श्रीमतीले नामाकाम बनाईदिईन् । रुपन्देहीमा गणेशलाई संविधान गणेश भनेर चिनिदो रहेछ । उनको पुरा नाम हो गणेश प्रसाद बस्याल । जस्ले सानोतिनो व्यावसाय पनि गरेका छन् । र त्यही व्यावसायकोलागी भाडामा फर्म सञ्चालन गर्दै आएका छन् । उनै गणेशकी श्रीमतीले गणेश घरमा नभएर फर्ममा भएको मौका छोपी घरबाट भागेकी रहिछन् । गणेशकी श्रीमतीका नाम सुबिस्ता बस्याल हो । उनलाई गाउँघरमा बोलाउने नाम शान्ति हो भन्छन् गणेश ।

दुई सन्तानकी आमा शान्तिलाई श्रीमान गणेशले प्लस टू देखि ब्याचलर सम्म पढाएर एक वर्षे कम्प्युटरमा डिप्लोमा कोर्ष पनि गराएका रहेछन् । त्यति मात्र नभएर गणेशले श्रीमती शान्तिलाई गएको स्थानिय चुनावमा वडा सदस्यमा पनि उठाएका रहेछन् । हरेक क्षेत्रमा गणेशले श्रीमतीलाई सक्षम नारीको रुपमा स्थापित गराउने कोशिश गरेका रहेछन् । र शान्ति पनि श्रीमानले देखाएको बाटोमा लाग्दै अघि बढेकी पनि रहिछन् । तर जब उनले आफ्नो स्थान बनाउन सफल भईन् तब श्रीमन गणेश र दुई छोराहरुलाई छाडेर गईन् ।

उनी घर छाडेर गएदेखि कसैसंगपनि सम्पर्कमा नभएको बताउँछन् गणेश । उनी भन्छन्,‘म त्यो दिन फर्ममा गएको थिएँ । छोराहरु पनि उतै थिए । त्यही मौका छोपेर घरबाट गईन् । आजसम्म कुनै अत्तोपत्तो छैन । उनी हामीसंगको सम्पर्कमा छैनिन् । छोराहरुलाई सम्पर्क गरेकी छैनिन् ।’ श्रीमतीलाई पढाएर शिक्षित बनाएर मिलेर केही गरौंला भन्ने सोंचेका गणेशलाई श्रीमतीले उनको भन्दा माथिल्लो तहको स्तर बनेपछि छोडेको गाउँहरु भन्छन् भन्दै आँशुका धारा पुच्छदै गणेश सुनाउँछन् । भिडियोसहित

विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजा

चितवन– माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८९२ विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको हो । नगरपालिकाले एक विद्यार्थीलाई दैनिक रु १५ का दरले विद्यालयमा बजेट पठाएर दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए ।

उनले भने, “विपन्न परिवारका विद्यार्थीले बीचमा विद्यालय छाड्ने क्रम बढेसँगै यो कार्यक्रम लागू गरिएको हो ।” विद्यालयमा विद्यार्थीहरुबीच एकरूपता ल्याउनका लागि सबै विद्यार्थीलाई कार्यक्रममा समावेश गरिएको हो । विद्यालयलाई विद्यार्थीका लागि हप्तामा छ दिन फरक–फरक किसिमका खाजा खुवाउन नगरपालिकाले परिपत्रसमेत गरेको छ ।

सबै विद्यालयलाई खाजामा एकरूपता ल्याउन नगरपालिकाले खाजासमेत तोकेर पठाएको छ । खाजामा लिटो, अण्डा, चना, खिर, भुजा–चनालगायतका खानेकुरा विद्यार्थीलाई दिउँसोमा दिइने गरिएको छ ।

उनले भने, “विद्यार्थीबीचको वर्गीय विभेदको अन्त्य, समानता, अपनत्व र सद्भावको विकास गर्न सकियोस् भन्ने उद्देश्य हो ।” विद्यालयमा दिवा खाजा कार्यक्रम नहुँदा १५ देखि २० प्रतिशतसम्म विद्यार्थीले विद्यालय छाडेको उनले जानकारी दिए ।

३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया