शनिबार ०५ आषाढ २०७८

काठमाडौ । सामान्य विवादकै कारण ५३ वर्षको उमेरमा एक पुरुषले श्रीमतीको ज्या’न लि’ए’का छन् । श्रीमतीले ठूलो रकम ऋण लिएको थाहा पाएपछि उनीहरुबीच विवाद सुरु भएको थियो । बाराका जीवन नेपालीले ४३ वर्षकी श्रीमती सीताको ज्या’न लि’ए’का हुन् ।

केही समय अघि सम्म उनीहरुको जीवन राम्रो चलेको थियो तर जीवनले थाहा पाए की सीताले गत साउनमा गाउँकै एक जनासँग ३३ लाख ४० हजार रुपैयाँ ऋण लिएकी थिइन् । यो रकम उनले किन लिइन् र कहिले कहिले लिइन् भन्ने कुरा थाहा नपाएपछि जीवन र उनीबीच विवाद सुरु भएको हो ।

पुस ९ गते बिहान पौने ११ बजे एकजना महिलाको शव स्थानियले फेला पारेपछि प्रहरीले सो घटनाको अनुसन्धान सुरु गरेको थियो । महिलासंग भएको एक कागजमा उनका पति र देवरको मोवाइल नम्बर र नाम थियो । त्यसैको आधारमा प्रहरीले देवर राजेन्द्र र उनका पतिलाई पनि फोन गरेको थियो ।

प्रहरीले फोन गरेर सीताको बारेमा सोधेपछि जीवनले थाहा नपाएजस्तै गरे । उल्टै गत शनिबार जीवनले भाइ राजेन्द्रलाई फोन गरेर सोधे, ‘पनौतीमा के घटना भएको हो रु ’

यता प्रहरीले भने जीवननै घटनामा संलग्न भन्ने कुराको पत्ता लगाइसकेको थियो । मंसिर २३ गते पनौतीबाट ५३ वर्षीय जीवनसँगै बारास्थित घरतिर लागेकी ४३ वर्षीया सीताको बाटैमा ज्यान गएको थियो ।

गाडी चढेको १० मिनेटमै उनीहरुबीच विवाद बढेपछि बाटैमा गाडीवाट झरेका थिए । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार रातको ९ बजे जीवनले घटना गराएर श’व फा’ले’र हिँडे । आफू भने अर्को गाडीमा चढेर भोलिपल्ट बिहानै बाराको निजगढ नगरपालिका २ स्थित घर पुगे।

प्रहरीले फोन गरेर बोलाएपछि घटनास्थल पुगेका देवरले भाउजुलाई चिने । देवरकै सहयोगमा सीताका श्रीमान पक्राउ परेका हुन् ।

थाहा पाउनुहोस कोलेस्ट्रोल कम गर्ने ११ घरेलु उपाय

कोलेस्ट्रोल आफैंमा नराम्रो होइन । यो हाम्रा शरीरका लागि अत्यावश्यक छ । तर आवश्यकता भन्दा बढि कोलेस्ट्रोल हुनु हानिकारक छ ।

कोलेस्ट्रोल भनेको हाम्रो रगतमा हुने बोसोयुक्त मोलिक्युल हो । शरीरका लागि आवश्यक कोलेस्ट्रोल कलेजोले बनाउँछ । त्यसबाहेक खाएका खानेकुराहरुबाट पनि कोलेस्ट्रोल प्राप्त हुन्छ ।

शरीरका हरेक कोषहरुमा हुने कोलेस्ट्रोल रगतमा बढ्दै जाँदा रक्तनलीका भित्ताहरुमा टाँसिन्छ र रक्तनलीहरु कडा तथा साँघुरो हुदै जान्छ । त्यो जम्दै जाँदा रगत जाने बाटो साँघुरो हुने मात्रै हैन, थुनिने पनि हुन्छ जसले गर्दा हृदयघात तथा मस्तिष्कघात हुने खतरा बढेर जान्छ ।

यसरी शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नुको मुख्य कारण अस्वस्थकर र असन्तुलित खानाको सेवन हो । त्यसैले कोलेस्ट्रोल घटाउने तर्फ लाग्नु पर्दछ । यसका लागी यि ११ खानेकुरा सेवन गर्नु लाभदायक हुन्छ ।

१. गेडागुडी
सिमी गेडागुडीलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । विशेष गरेर राजमा, दालहरु कोलेस्ट्रोल घटाउनका लागि उपयोगी हुने गर्छन् ।

२. ओखर/बदाम
ओखर तथा बदाममा ओमेगा ३ लगायत शरीरका लागि उपयोगी तत्व हुन्छ । ओखर तथा बदामहरुको सेवनले खराब कोलेस्ट्रोल घटाउन उपयोगी हुन्छ ।

३. एवोकाडो
एवोकाडोको नियमित सेवनले शरीरको खराब कोलेस्ट्रोल प्रभावकारी ढंगले नियन्त्रण हुने गर्छ । एवोकाडोबाट पाइने पोटासियमले मुटु स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

४. बोसोयुक्त माछा
बोसोयुक्त माछा खादाँ पनि कोलेस्ट्रोल कम हुन्छ । यस्ता माछामा ओमेगा ३ पाइने भएकाले शरीरका खराब कोलेस्ट्रोल घटाई राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

५. बैगुन
बैगुन अर्थात भन्टा खादाँ केहीलाई एलर्जी भएपनि कोलेस्ट्रोलका समस्या हुनेहरुका लागि यो अत्यन्तै लाभदायी वस्तु हो । बैगुनले शरीरमा कोलेस्ट्रोल घटाउन सहयोग गर्छ ।

६. भटमास
कोलेस्ट्रोलको समस्या हुनेहरुले खानैपर्ने अर्को अन्न हो, भटमास । भटमासले खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ । भटमास प्रोटिनको सर्वोत्तम स्रोत मानिन्छ ।

७. फलफूल
कोलेस्ट्रोलको समस्या हुनेहरुका लागि स्याउको सेवन फाइदा हुन्छ । विशेष गरी स्याउमा पाइने पेक्टिन फाइबरले शरीरमा भएको खराब कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ ।

८. ओटमिल
फाइबरले भरिपूर्ण ओटमिल बिहानको खाजामा सर्वोत्तम मानिन्छ । खासगरी ओटमिलमा पाइने घुलनशील फाइबरहरु शरीरमा कोलेस्ट्रोल घटाउन निक्कै उपयोगी हुने गर्छन् ।

९. काला चकलेट
काला चकलेटको नियमित सेवनले शरीरमा खराब कोलेस्ट्रोल घटाउँछ । तर चिनी वा गुलियो मिसाएर बनाइएको चकलेट भन्दा कोका रहेको चकलेटको सेवन उत्तम हुन्छ ।

१०. वनस्पति तेलहरु
शरीरमा खराब कोलेस्ट्रोल बढ्न नदिन सूर्यमुखी वा जैतुनको तेलहरु राम्रो विकल्प हो । तर तेलले मात्र कोलेस्ट्रोल घट्ने भन्ने चाहिँ हुदैन ।

११. चिया
फिक्का वा हरियो चियाको सेवन कोलेस्ट्रोल घटाउन लागि फाइदाजनक मानिन्छ । यसले मुटुसम्बन्धी समस्याहरुबाट पनि बचाउँछ ।

३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया