बुधबार १३ आश्विन २०७८

काठमाडौं। आफ्नो वर्षभरी लगाएर गरेकाे उखुकाे भुक्तानी माग्न आएका उखु किसान घर फर्किन पाएनन्। रोतहट जिल्ला धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवले काठमाडौं स्थित गंगालाल हृदयरोग अस्पतालमा ज्यान गुमाएका छन्।सोमबार कृषिमन्त्री पदमा अर्यालले किसान सँग वार्ता गरिन, आज घर फर्काउन मन्त्रालयमा विदाइ कार्यक्रम समेत राखेकी थिइन्।

उनी घर फर्केर जानुभन्दा पहिलै संसार छोडेर गएका छन।किसान आन्दोलनमा लागेका अर्का किसान अनुसार उनी वार्ताबाट असन्तुष्ट थिए। उनलार्य ब्रेन ह्याम्ब्रेज भएको थियो। उनी हिजो नै गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए। उनको मंगलबार निधन भएको थियो।

यो पनि पढ्नुहोस्

यी ३ राशिका युवती हुन्छन् सबैभन्दा उत्तम, सुन्दरतामा हुन्छ चुम्बकिय आकर्षण

एजेन्सी । ज्योतिषशास्त्रका अनुसार जम्मा १२ राशि हुने गर्दछन्। राशि अनुसार सबै व्यक्तिको स्भाव पनि फरक फरक हुने गर्दछ। आज हामी तपाईलाई तीन यस्तो राशिका बारेमा जानकारी दिदैछौँ, जुन राशिका युवती देखेर पुरुष फिदा हुने गर्दछन्।

वृष राशि
वृष राशि हुने युवतीको व्यक्तित्व निकै आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतीप्रति आकर्षित हुने गर्दछन्।

यो राशिका युवती निकै मेहेनती हुन्छन् र आफूले गरेको काममा सहजै लक्ष्य हासिल गर्छन्।

यिनीहरूको बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ ।

यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् । कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् । यिनीहरूको दिमागमा सदैव थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।

मिथुन राशि
मिथुन राशिका युवती झट्ट हेर्दा निकै सुन्दर तथा आकर्षक मानिन्छन्। यिनीहरूको स्वभावले पुरुषहरूलाई सजिलै आकर्षक गर्ने गर्दछ।
यिनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन्

यो राशिका युवतीमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् ।

यिनीहरू दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन्।

वृश्चिक राशि
वृश्चिक राशिका युवतीको स्वभाव, व्यवहार एवं चालचलन आकर्षक मानिन्छ। यिनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ ।

यो राशिका युवती हेर्दा बढी सुन्दर नभए तापनि यिनीहरूमा एक किसिमको फरक चुम्बकिय आकर्षण हुन्छ।

यिनीहरूको कुराकानी गर्ने आप्mनै प्रकारको विशेष शैली हुन्छ। यो राशिका युवती बहादुर तर भावुक हुन्छन् ।

यिनीहरूको मस्तिष्क तीक्ष्ण हुन्छ। यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन। यिनीहरुलाई सबै कुरामा सफा चाहिन्छ।

कोरोनाले गर्दा अहिले लाइसेन्स परीक्षा अत्यन्तै सजिलो; यसरी दिनुहोस् तरिकासहित

कोरोनाले रोकिएको लाइसेन्स परीक्षा सातै प्रदेशमा खुल्यो, यसरी दिनुहोस् आवेदन [ तरिकासहित ]
काठमाडौ । कोरोना भइरस (कोभिड–१९) महामारीको कारण बन्द भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा खुला भएको छ । परीक्षाका लागि अनलाइन आवेदन दिन सकिन्छ । फारम खुला ९ महिनापछि भएको हो ।

अरु सरकारी काम अगाडि नै खुले पनि प्रदेश मन्त्रालय र यातायात व्यवस्था विभागको समन्वय हुन नसक्दा आवेदन खुल्न ढिलो भएको हो। यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी मंगलबारदेखि आवदेन खुला गरेको हो।

सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ। अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने। त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने। अनलाइन फारम भर्ने तरिका यहाँ सिक्नुहोस् ।

आवेदन दिने तरिका समेत हामीले तल अपलोड गरेका छौ । सम्बन्धित सबैका लागि अति आवश्यक जानकारी आफुले लिइसकेपछि अरुका लागि सेयर गर्न नभुल्नुहोला ।

३६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया