मंगलबार ०१ आषाढ २०७८

हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)ण्को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। बुधबारका दिन गरिने शुभकर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास छ ।

बुधबारका दिन के गर्ने ?

– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी(देवताको कृपा हुने गर्छ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

यो पनि पढ्नुहोस्

उठ्ने बित्तिकै ५ मिनेट लामो श्वास लिँदा हुन्छ यस्तो फाइदा

काठमाडौं- श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजिवी पनि बनाउँछ ।

विहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्नुपर्दछ । त्यसरी गरिने श्वासप्रश्वास व्यायामका केही फाइदाहरु यस प्रकारका छन्ः

– तनावमुक्त बनाउँछ

गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँदछ र तनाव, चिन्ता र त्रास घटाउँछ ।

– शरिरको बिष फालिदिन्छ

श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निष्कासन गरिदिन्छ ।

– दिमागलाई शान्त बनाइदिन्छ

अत्यधिक तनाव र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

– अन्य अंगलाई पनि सहयोग

गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह गरिदिन्छ ।

एजेन्सीको सहयोगमा

२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया