बुधबार १३ आश्विन २०७८

काठमाडौँ,-महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई आज साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

यो पनि पढ्नुहोस्

बढुवा सिफारिस भएका डिआइजीले लड्डु किन्दा नङ भेटिएपछि

सोमबार गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो।

बढुवा भएपछि घर परिवारमा खुसीयाली बाँड्ने चलन छ। त्यसरी बढुवा भएका डिआइजीमध्ये मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख देवबहादुर बोहराले पनि सोमबार मिठाइ किने।

उनले कमलपोखरीस्थित आगन स्विट्सबाट मिठाइ किनेर घर लगे।

घर लगेर मिठाइ खोल्दा लड्डुमा नङ भेटिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिए।

‘बढुवा सिफारिस भएपछि सरले आँगनबाट लड्डु किन्नुभयो,’उनले भने,’घर लगेर खोल्दा लड्डुमा नङ भेटियो।’

नङ भेटिएपछि डिआइजी बोहराले आँगनबाट किनिएको मिठाइमा अखाद्य वस्तु भेटिएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई खबर गरेको हो।

त्यसपछि महानगरीय प्रहरी वृत्त, कमलपोखरीबाट डिएसपी सहितको टोली आँगन मिठाइ पसलमा पुगेको थियो।

यससम्बन्धी खाद्य प्रविधि तथा गुण नियनत्रण विभागले अनुसन्धान गरिरहेको डिएसपी विष्टले बताए।

विभागका खाद्य निरीक्षक सन्तोष ढकालका अनुसार डिआइजी बोहराले लड्डुमा भएको नङलाई नरिवाल ठानेका थिए।

‘अरू मिठाइमा केही भेटिएको थिएन। लड्डुको बाहिर हेर्दा केही देखिएको थिएन। खाँदै गर्दाभित्र भने चपाउन उहाँलाई गाह्रो भयो। नरिवल होला भनेर अलि धेरैबेर चपाउनु भयो पछि हेर्दाखेरी नङ रहेछ,’उनले भने,’ त्यो नङ हाम्रोमा ल्याउनुभयो।’

त्यसरी नङ भेटिएको भनिएपछि अनुसन्धान अघि बढाएको उनले बताए।

‘हामीले विक्री गर्नेहरूलाई पनि सोध्यौं,’खाद्य निरीक्षक ढकालले भने,’हामीले थप अनुसन्धान गरिरहेका छौं। सरसफाइको तरिका सबै निरीक्षण गरिरहेका छौं।’

अहिले प्रहरी सहितको टोली गोठाटारस्थित आँगनले उत्पादन गर्ने ठाउँको निरीक्षण गर्न गइरहेको उनले बताए।

त्यहाँ पुगेर थप प्रमाणहरू जुटाउने काम भइरहेको छ।

‘नङ भेटिएकै आधारमा मात्रै कारबाही गर्न गाह्रो भए पनि हामीले थप प्रमाण जुटाउने काम गरिरहेका छौं,’उनले भने।

 

३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया