बुधबार १३ आश्विन २०७८

काठमाडौ । चल्लाको औषधी लिन जान्छु भन्दै गत माघ १४ गते घरवाट हिडेका बाँकेका हेमराज खत्री घर फर्किएनन् । भोलीपल्ट देखि उनको खोजी थालिएको थियो । हराएको १७ दिन पछि उनको शव जंगलमा फेला परेको छ । श व स डे को अवस्थामा फेला परेको हो । घटनास्थल हेर्दा घटना शं का स्पद भएको आफन्तको दावी छ । घटनास्थल नजिकै मोटरसाइकल र उनको हेलमेट पनि फेला परेको छ । उनी बाइक संगै उनी हराएका थिए ।

उनको बाँया हात चलाउँथे । तर मोटरसाइकलमा उनले हेलमेट दाँया तर्फ देखिएको कारण परिवारले घटना संकास्पद भएको बताएका छन् । घटनास्थलमा दुईवटा चाउचाउको खोल, एक पानीको बोतल र सुन्तला पनि भेटिएको घटनास्थलमा पुगेकाहरुले तयार पारेको भिडियोमा देख्न सकिन्छ । सु र्ती जन्य पदार्थ पनि प्रयोग नगर्ने हेमराजको श व नजिक केही सु र्ती जन्य पदार्थको प्याकेट र चु रो टका ठुटो पनि फेला परेको हो ।

दुई वर्ष अघि श्याम कुमारी चौधरीलाई उनले कान्छी श्रीमतीका रुपमा भित्र्याएको गाउँले बताउँछन् । श्यामकुमारीकै घर नजिक भएको जंगलमा शव फेला पर्नु, उनलाई भेट्न भनेर निस्केका हेमराज १७ दिन सम्म हराउनु र घटनास्थलमा देखिएका सामाग्रीले पनि घटना रहस्यमय भएको हेमराजका परिवारको भनाई छ । घरयासी ब्यवहारका कारण उनीहरुको छोडपत्र भएको थियो । तर पछिल्लो केही दिन यता उनीहरु भेटघाट समेत गर्न थालेका थिए ।

४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया